डिस्कर्डले भ्वाइस र भिडियो कलहरूको लागि इन्ड–टु–इन्ड इन्क्रिप्सन रोल आउट गर्दै

Technology Khabar ४ आश्विन २०८१, शुक्रबार

डिस्कर्डले भ्वाइस र भिडियो कलहरूको लागि इन्ड–टु–इन्ड इन्क्रिप्सन रोल आउट गर्दै

काठमाडौं ।

उक्त सेक्युरिटी फिचर (सुरक्षा सुविधा) प्रदान गर्ने यो नयाँ च्याट प्लेटफर्म हो।

डिस्कर्डले आफ्नो प्लेटफर्ममा अडियो र भिडियो कलहरूका लागि नयाँ इन्ड–टु–इन्ड इन्क्रिप्सन रोल आउट गर्दैछ। यो प्रविधि डीएम, ग्रुप डीएम, भ्वाइस च्यानल र गो लाइभ स्ट्रिमहरूबाट आउने कलहरूमा लागू हुने जनाइएको छ।

साथै डिस्कोर्डले एउटा ब्लग पोष्टमा इन्ड–टु–इन्ड इन्क्रिप्सन (ई२ईई) को लागि प्राविधिक र यसका लक्ष्यहरू विस्तृत गरेको जनाइएको छ। डेस्कटप र मोबाइल क्लाइन्टहरूले यसअहिदेखि नै नयाँ स्तरवृद्धिलाई समर्थन गरेको जनाइएको छ भने बाँकी ग्राहकहरूले अर्को वर्ष सुविधा प्राप्त गर्ने सम्भावनाको उल्लेख गरिएको छ।

कम्पनीले आफ्नो इन्ड–टु–इन्ड इन्क्रिप्सन (ई२ईई) प्रोटोकलहरूसँग पारदर्शितामा ध्यान केन्द्रित गरेको र यसको बारेमा धेरै जानकारी सार्वजनिक रूपमा उपलब्ध गराएको जनाइएको छ।

त्यसैगरी डिस्कोर्डले इन्ड–टु–इन्ड इन्क्रिप्सन (ई२ईई) को थपको कारणले कल क्वालिटिमा कुनै पनि किसिमको सम्झौता नहुने भनि प्रतिज्ञा गरेको जनाइएको छ।

साथै मेसेजेस (सन्देशहरू) एन्क्रिप्शन प्रोटोकलमा एउटा उल्लेखनीय अपवाद हुनेछन्। मेसेजेस (सन्देशहरू) कम्पनीको कन्टेन्ट मोडरेसन रुल (सामग्री मध्यस्थता नियमहरू) अन्तर्गत पर्न सक्ने डिस्कर्डले बताएको उल्लेख गरिएको छ।

यस प्रकारको पूर्ण ईन्क्रिप्शन वर्षहरूमा बढ्दो रूपमा सामान्य भएको छ। त्यसैले सिग्नल, व्हाट्सएप र जुम जस्ता प्लेटफर्महरूमा प्रयोगकर्ताहरूका लागि यसलाई अप्सन (विकल्प) वा नयाँ डिफल्टको रूपमा हेर्नु असामान्य नभएको इनग्याजेटले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ४ आश्विन २०८१, शुक्रबार

ताजा समाचार