मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले किन्दै इन्टरनेट सेवा प्रदायक क्लासिक टेक

Technology Khabar ३ आश्विन २०८१, बिहीबार

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले किन्दै इन्टरनेट सेवा प्रदायक क्लासिक टेक

काठमाडौं ।

मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिलाई खरिद गर्ने भएको छ।

एनसेलले आईएसपीको रुपमा अगाडि बढ्ने तयारी गरेसँगै क्लासिक टेक किनेको हो।

यस विषयमा लामो समयदेखि कुराकानी भईरहेको भएपनि अन्तिम खरिद सम्झौता भएको छैन्।

स्रोतकाअनुसार एनसेलले क्लासिक टेकलाई आफ्नो आईएसपीको रुपमा मात्र लिने तर अन्य कारोबार अहिलेकै टिमले गर्ने तयारी गरेको थियो।

तर यस विषयमा नेपाल दूरसञ्चार प्राधिकरणका उच्च अधिकारीले सकारात्मक सुझाब नदिएपछि पुरै शेयर खरिद गर्नेतर्फ कुरा अगाडि बढेको हो।

अब एनसेलले क्लासिक टेकको पुरै शेयर खरिद गर्ने र हालका लगानीकर्ताहरु बाहिरिने छन्।

“यसअघि एनटीएमा पनि दुबै कम्पनीका अधिकारीहरु आएका थिए तर नियामकले कम्पनीहरुले प्रस्ताव गरेको विषय अस्विकार गरेको थियो,” स्रोतले भन्यो।

प्रस्तावअनुसार क्लासिक टेक एनसेलले किन्ने तर अहिलेकै स्वरुपमा संचालन गर्ने योजना सुनाएका थिए। तर नियामकका अध्यक्ष भुपेन्द्र भण्डारीले यसलाई अनुमति दिन नसकिने बताएका थिए।

दुबै कम्पनीको किनबेचका लागि नियामकले स्वीकृति दिनुपर्ने हुन्छ।

दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार क्लासिक टेक नेपालको छैटौं ठूलो इन्टरनेट सेवा प्रदायक हो। कम्पनीसँग एक लाख ६३ हजार १६० ग्राहक रहेका छन्।

पछिल्लो समय आर्थिकरुपमा संकटमा रहेको क्लासिक टेकलाई नयाँ लगानीले थप राहत हुनेछ।

यसअघि पनि एनसेलले आईएसपी किन्ने प्रयास गरेको थियो तर सफल हुन सकेको थिएन्।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३ आश्विन २०८१, बिहीबार

ताजा समाचार