गोगोरो र नेबुला इनर्जीद्वारा नक्सालमा नेपालको पहिलो अत्याधुनिक एक्सपिरियन्स सेन्टर स्थापना

Technology Khabar ३ आश्विन २०८१, बिहीबार

गोगोरो र नेबुला इनर्जीद्वारा नक्सालमा नेपालको पहिलो अत्याधुनिक एक्सपिरियन्स सेन्टर स्थापना

काठमाडौं ।

ब्याट्री-स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा गोगोरो इंक र नेबुला इनर्जीले नारायणचौर, नक्सालमा आफ्नो पहिलो एक्सपिरियन्स सेन्टरको उद्घाटन गरेका छन्।

मिडियासँग कुरा गर्दै नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत् गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले सस्टेनेबल मोबिलिटीका लागि यो एक्सपिरियन्स सेन्टर गोगोरो र नेबुलाको दीर्घकालीन भिजनको सुरुवात मात्र रहेको कुरामा जोड दिए।

यस्तै प्रबन्ध निर्देशक सहायु गोयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापक स्तरमा हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औंल्याए। ब्याट्री-स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कूटर रेन्जले विद्युतीय दुई पाङ्ग्रे सवारी खरिद गर्ने उपभोक्ताहरूले सामना गर्ने यस्ता प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्दछ।

कम्पनीका महाप्रबन्धक, चिरन्जिवी शाहका अनुसार यो एक्सपिरियन्स सेन्टरले स्मार्ट स्कुटर र स्वाप स्टेशनहरू मार्फत् ग्राहकहरूलाई गोगोरोको प्रविधि अनुभव गर्ने पहिलो लाइभ टचपोइन्टको रूपमा समेत काम गर्ने छ। शाहका अनुसार ग्राहकहरूले अब आफ्नो मन पर्ने गोगोरो मोडेलहरू टेस्ट राइड गर्न सक्ने र विभिन्न ब्याट्री स्वापिङ प्लानका बारेमा जानकारी लिएर बुकिङ समेत गर्न सक्ने छन्।

 गोगोरो जेगो

जेगोको सुरुवाती मुल्य रु. २,२९,९०० रहेको छ । गोगोरो जेगोले ईभी स्कूटरको बजारमा अरुभन्दा फरक विभिन्न सुविधाहरू प्रदान गर्दछ। यो स्लीक नयाँ बडी डिजाइन र गोगोरोका मुख्य आविष्कारहरूसँग सुसज्जित छ। यसका मुख्य विशेषताहरूमा डुअल ब्याट्री अप्सनहरू समावेश छन् जसले उच्च गति र लामो रेन्जहरू प्रदान गर्दछ। जेगोमा फराकिला आरामदायी सिट, चौडा ट्रंक र हल्का तौल उपलब्ध छ जसले यसलाई सजिलै चलाउन र डोहोर्याउन मिल्ने बनाउँछ।

गोगोरो क्रसओभर जीएक्स २५०

क्रसओभर जीएक्स २५० को सुरुवाती मुल्य रु २,७४,९०० रहेको छ । गोगोरो क्रसओभर जीएक्स २५० अल्टिमेट दुई पाङ्ग्रे एसयूभी हो। भारतको महाराष्ट्रमा बनाइएको क्रसओभर जीएक्स २५० भारतमा निर्मित गोगोरोको पहिलो स्मार्टस्कुटर हो। पुन: डिजाइन गरिएको क्रसओभर सिरिज, अल टेरेन फ्रेममा बनाइएको छ जसले विभिन्न स्टोरेज, राइडिंग र कस्टोमाइजेसन क्षमताहरू प्रदान गर्दै बढ्दो रिजिडिटी र कम्फर्ट दिन्छ। क्रसओभर जीएक्स २५० को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ र आराम र स्थिरतालाई जोड दिँदै ठूला भारहरू पनि अटाउन सक्छ।

 गोगोरो पल्स

पल्सको सुरुवाती मुल्य रु ५,९९,९०० रहेको छ। भविष्यलाई दृष्टिगत गरेर गोगोरोले नयाँ एडभान्स्ड हाइ पर्फर्मेन्स स्मार्टस्कूटरलाई पुनः डिजाइन गर्ने क्रममा पल्सको निर्माण गरेको हो। पल्स विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर हो र यसले गोगोरोको नवीनता र क्षमतालाई स्पष्ट रूपमा प्रदर्शन गर्दछ।

पल्सले एडभान्स्ड एरोडायनामिक डिजाइन, नयाँ ९ किलोवाटको गोगोरो-डिजाइन पावरट्रेन, रिभोलुसनरी एडेप्टीभ एक्टिभ-म्याट्रिक्स लाइटनिङ र प्यानोरामिक हाई-डेफिनिशन टच डिस्प्ले प्रयोग गर्दछ।

हाइपर ड्राइभको मुटुमा गोगोरोको नयाँ हाई पर्फर्मेन्स एच वान मोटर, पूर्ण रूपमा पुनः डिजाइन गरिएको इलेक्ट्रिक पावर प्लान्ट र पछिल्लो ह्वीलमा ३७८ एनएम टर्कको साथमा अत्याधुनिक ट्रयाक्सन कन्ट्रोल प्रदान गर्ने एक शक्तिशाली स्मार्ट प्रणाली हाइपरकोर हुन्छ। गोगोरोको हाइपर ड्राइभले नयाँ हाइब्रिड वाटर र एयर डुअल-कूलिङ प्रणालीलाई पनि एकीकृत गर्दछ। 

गोगोरो ब्याट्री-स्वापिङ प्लान

एक्सपिरियन्स सेन्टरको साथै गोगोरोले नेपालमै पहिलो पटक ब्याट्री स्वापिङ प्लान पनि घोषणा गरेको छ। ब्याट्री स्वापिङ प्लान रू. ७९९ बाट सुरु हुनेछ र यो ३० दिनको लागि मान्य रहनेछ। विविध क्षेत्रका ग्राहकहरूको मोबिलिटी आवश्यकताहरू पूरा गर्न मल्टिपल स्वापिङ प्लानहरू पनि उपलब्ध छन्। यो मूल्य निर्धारण संरचना, ग्राहकको आवश्यकताहरूमा गरिएको विस्तृत अनुसन्धानमा आधारित छ। यसमा विशेषगरी यात्रा गरिएको दूरीमा ध्यान गर्दै एम्पीयर-आवर (Ah) दरमा गणना गरिएको छ। प्रत्येक प्लानले प्रयोगकर्ताहरूको ऊर्जा आवश्यकताहरू पूरा गर्ने सुनिश्चितता प्रदान गर्ने कम्पनीले विज्ञप्तीमा जनाएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३ आश्विन २०८१, बिहीबार

ताजा समाचार