आईफोन १६ को प्रि–अर्डर र प्रो मोडेलहरूको माग अपेक्षा गरेभन्दा कम

Technology Khabar २ आश्विन २०८१, बुधबार

आईफोन १६ को प्रि–अर्डर र प्रो मोडेलहरूको माग अपेक्षा गरेभन्दा कम

काठमाडौं ।

एप्पलको पछिल्लो आईफोन लाइन–अपले सदाको जस्तो उद्घाटन सप्ताहान्त उत्साह उत्पन्न गर्न नसकेको जनाइएको छ। आफ्नो एप्पल आपूर्ति श्रृंखला इन्साइटको लागि परिचित रहेको विश्लेषक मिङ–ची कुओले प्रि–अर्डर डाटा र ढुवानी अनुमानमा आधारित आईफोन १६ प्रो र प्रो म्याक्स मोडेलको लागि “अपेक्षित भन्दा कम” मागको रिपोर्ट गरेका छन्।

समग्र प्रि–अर्डरहरू अनुमानित ३७ मिलियन एकाइहरूमा पुगेको जनाइएको छ। साथै उक्त संख्या आईफोन १५ सिरिजको पहिलो–सप्ताहान्त प्रदर्शनको तुलनामा महत्त्वपूर्ण तवरमा १३ प्रतिशतले कम भएको थप उल्लेख गरिएको छ।

आफ्नो पूर्ववर्तीहरूको तुलनामा आईफोन १६ प्रो र प्रो म्याक्सको प्रि–अर्डरमा २७ प्रतिशत र १६ प्रतिशत गिरावट आएको भनि कुओले अनुमान गरेका छन्।

यद्यपि स्ट्याण्डर्ड आईफोन १६ र १६ प्लसकोे भने तिनीहरूको आईफोन १५ समकक्षहरू भन्दा राम्रो देखिएको उल्लेख गरिएको छ। तिनीहरूको प्रि–अर्डर नम्बरहरू कथित रूपमा माथि रहेको भए तापनि प्रो मोडेलहरूको सुस्त सुरुवातलाई पूर्ण रूपमा अफसेट गर्न पर्याप्त नभएको थप उल्लेख गरिएको छ।

कुओका अनुसार, एप्पल इन्टेलिजेन्सको ढिलो आगमन यसको मुख्य कारक भएको उल्लेख गरिएको छ। एआई–पावर्ड फिचर्स (संचालित सुविधाहरू) को रुमर (अफवाह) सुइट आईफोन १६ लन्च कार्यक्रमको क्रममा अत्यधिक प्रचार गरिएको थियो।

यी फिचरहरू आईओएस १८.१ को अक्टोबर रिलिजसम्म उपलब्ध नहुने थप उल्लेख गरिएको छ। प्रो मोडेललाई स्न्याग गरेका प्रारम्भिक ग्रहणकर्ताहरूले अब पूर्ण प्याकेज अनुभव गर्नको लागि थप अर्को एक महिना कुर्नुपर्ने भएको उल्लेख गरिएको छ।

त्यसैगरी प्रतिस्पर्धा अर्को सम्भावित बाधा भएको जनाइएको छ। एप्पलको लागि महत्त्वपूर्ण बजार मानिएको चीनमा आईफोन लाइनअपले “तीव्र प्रतिस्पर्धा” को सामना गरिरहेको छ भनि कुओले सुझाव दिएका छन्।

यद्यपि यसबारे विवरणहरू स्पष्ट नभए तापनि एप्पलको आईफोन १६ सार्वजनिक भएको केही समय पछि नै ह्वावेले संसारको पहिलो ट्राइ–फोल्ड फोन लन्च गरेको हुनाले ह्वावे समीकरणको भाग जस्तो देखिएको भनि उल्लेख गरिएको छ।

साथै ह्वावेको उक्त फोल्डेबल डिभाइस आधिकारिक रिलीज हुनु अघि लाखौं प्रि–अर्डरहरू सहित उक्त फोल्डेबल डिभाइसले राम्रो गरिरहेको देखिएको जनाइएको छ।

यो अझै प्रारम्भिक दिनहरू भएको हुनाले प्रि–अर्डर नम्बरहरूले पूर्ण तस्विर भने तत्काल नदिने उल्लेख गरिएको छ। लन्च पछिको वास्तविक बिक्री आंकडा आईफोन १६ को प्रदर्शनको एक अधिक निश्चित सूचक हुने थप उल्लेख गरिएको छ।

विशेष गरी एप्पलका प्रिमियम मोडेलहरूले फिचर डिले (ढिलाइ) र विदेशमा कडा प्रतिस्पर्धाको सामना गरिरहेका हुनाले एप्पलका प्रिमियम मोडेलहरूलाई आफ्नो स्थान पत्ता लगाउन केही समय लाग्न सक्छ भनि यो प्रारम्भिक झलकले सुझाव दिएको भनि गीज्मोचाइनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २ आश्विन २०८१, बुधबार