ह्वावे
ह्वावे चीनको प्रमुख प्रविधि कम्पनीहरूमध्ये एक हो, जसको व्यवसाय दूरसञ्चार पूर्वाधारदेखि उपभोक्ता इलेक्ट्रोनिक्स र क्लाउड कम्प्युटिङसम्म फैलिएको छ। यसको चिप डिजाइन शाखा HiSilicon हो।
ह्वावेले Ascend सिरिजका डाटा सेन्टर प्रोसेसरहरू डिजाइन गर्छ। यी चिपहरूलाई डाटा सेन्टरहरूमा एआई मोडेलहरू तालिम दिनका लागि प्रयोग गरिने सर्भरहरूमा प्रयोग गरिन्छ जसलाई Atlas ब्रान्ड अन्तर्गत बेचिन्छ।
अहिलेसम्मको चिप Ascend 910B हो, र कम्पनीले चाँडै Ascend 910C सार्वजनिक गर्ने तयारीमा छ, जुन एनभिडियाको H100 चिपसँग तुलनायोग्य हुनसक्छ।
अलिबाबा र बाइडु
अलिबाबा र बाइडुले एनभिडियाका चिपहरू खरीद गर्छन् तर आफ्नै एआई प्रोसेसिङका लागि चिपहरू पनि डिजाइन गरिरहेका छन्। बाइडुले Kunlun ब्रान्ड अन्तर्गत सर्भर र स्वचालित कारहरूमा प्रयोग गर्न आफ्ना चिपहरू डिजाइन गर्दछ।
अलिबाबाको T-Head नामक सेमीकण्डक्टर डिजाइन इकाईले Hanguang 800 एआई इन्फेरेन्स चिप विकास गरेको छ। इन्फेरेन्स भन्नाले च्याटबटले प्रयोगकर्ताको प्रश्नहरूको जवाफ दिने कामजस्तै एआई मोडेल तालिमपछि वास्तविक संसारमा प्रयोग गर्ने प्रक्रिया हो।
बिरन टेक्नोलोजी
एनभिडियाजस्तै बिरन टेक्नोलोजीले सामान्य उद्देश्यका लागि प्रयोग गरिने डिजाइन गर्छ, जसमा सफ्टवेयर विकास प्लेटफर्म पनि छ। यसको Bili सिरिजका उत्पादनहरू डाटा सेन्टरहरूमा एआई तालिमका लागि प्रयोग गरिन्छन्।
बिरन टेक्नोलोजीलाई अमेरिकाले एन्टीटी लिस्ट मा राखेको छ जसले यसलाई केही अमेरिकी प्रविधीमा पहुँच गर्नबाट प्रतिबन्ध लगाएको छ।
क्याम्ब्रिकन टेक्नोलोजी
क्याम्ब्रिकन टेक्नोलोजीले विभिन्न प्रकारका चिपहरू डिजाइन गर्छ, जसमध्ये एआई मोडेल तालिम दिन र उपकरणहरूमा एआई एप्लिकेसन चलाउन डिजाइन गरिएका चिपहरू छन्।
तर कम्पनीले ठूलो घाटा रिपोर्ट गर्दै आएको छ र २०२३ मा कर्मचारीहरूलाई बर्खास्त गरेको थियो। यो कम्पनी पनि अमेरिकी एन्टीटी लिस्टमा सूचीकृत छ।
मूर थ्रेड्स
२०२० मा स्थापना भएको मूर थ्रेड्सले ठूला एआई मोडेलहरूलाई तालिम दिन डिजाइन गरिएका जीपीयूहरू विकास गर्दैछ। यसको MTT KUAE डाटा सेन्टरसम्बद्ध जीपीयूहरू उत्पादन गर्छ।
कम्पनीले आफूलाई “विश्वकै अग्रणी जीपीयू ” बनाउने लक्ष्य राखेको छ। यसलाई बाइट डान्स र ठूला भेन्चर क्यापिटल कम्पनीहरूले समर्थन गरेका छन्। मूर थ्रेड्स पनि अमेरिकी एन्टीटी लिस्ट मा छ।
एन्फ्लेम टेक्नोलोजी
एन्फ्लेम टेक्नोलोजी अर्को चिनियाँ स्टार्टअप हो जसले एनभिडियाको विकल्पका रूपमा आफूलाई स्थापित गर्न प्रयास गरिरहेको छ। यसले एआई तालिम र प्रक्रियामा केन्द्रित डेटा सेन्टरहरूका लागि चिपहरू डिजाइन गर्छ। चिनियाँ टेक दिग्गज टेन्सेन्ट एन्फ्लेममा लगानीकर्ताहरू मध्ये एक हो।