Technology Khabar १ आश्विन २०८१, मंगलवार
काठमाडौं ।
नेदरल्याण्डको कम्पनी एनएक्सपी सेमिकण्डक्टर्सले भारतमा अनुसन्धान तथा विकास (आरएण्डडी) दोब्बर बनाउन एक अर्ब डलर (करिब ८ हजार ४०० करोड रुपैयाँ) लगानी गर्ने जानकारी दिएको छ।
एनएक्सपी सेमीकन्डक्टर्सका सीईओ कर्ट सिभर्सले भने, “आगामी केही वर्षमा देशमा हाम्रा आर एन्ड डी प्रयासहरू दोब्बर हुनेछन्। यसका लागि एक अर्ब डलरभन्दा बढी लगानी हुनेछ।”
अटोमोटिभ क्षेत्र र अन्य उद्योगसँग कम्पनीले वार्ता गरिरहेको उनले बताएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्। एनएक्सपी सेमीकन्डक्टर्सका भारतमा चार डिजाइन केन्द्रहरू छन्। यसमा करिब तीन हजार कामदार कार्यरत छन्।
एएमडी र एनभिडिया जस्ता ठूला कम्पनीहरूले पनि भारतमा अनुसन्धान र डिजाइन केन्द्रहरू स्थापना गरेका छन्। भारतको अर्धचालक बजार सन् २०२६ सम्ममा लगभग ६३ बिलियन डलर पुग्न सक्छ।
भारत सरकारले अन्तर्राष्ट्रिय कम्पनीहरूलाई स्वदेशमै उत्पादन इकाई स्थापना गर्न प्रोत्साहन गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई सेमीकन्डक्टरमा प्रमुख शक्ति बनाउने लक्ष्य राखेका छन्।
अमेरिका र चीनबीचको तनावका कारण सेमीकन्डक्टर सेग्मेन्टमा ठूलो परिवर्तन भइरहेको छ। यसबाट भारत, सिंगापुर र मलेसिया लाभान्वित हुने सम्भावना छ।
प्रकाशित: १ आश्विन २०८१, मंगलवार