Technology Khabar १ आश्विन २०८१, मंगलवार
काठमाडौं ।
एप्पलले आईफोन १६ सिरिजका डिभाइसहरूको ब्याट्री रिप्लेसमेन्ट लागत फेरि बढाएको एप्पलको आईफोन रिपेयर एण्ड सर्भिस पेजले खुलासा गरेको छ।
कम्पनीको उक्त पेजका अनुसार भर्खरै जारी गरिएको आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको ब्याट्री रिप्लेसमेन्ट गर्नको लागि प्रयोगकर्ताहरूलाई ११९ अमेरिकी डलर लागत लाग्ने उल्लेख गरिएको छ।
गत वर्षको आईफोन १५ प्रो मोडलहरूको ब्याट्री रिप्लेसमेन्ट लागत ९९ अमेरिकी डलर रहेको जनाइएको छ। गत वर्षको मूल्यको तुलनामा लगभग २० प्रतिशतले वृद्धि भएको र अघिल्लो लागतमा थप २० अमेरिकी डलर वृद्धि भएको जनाइएको छ।
यदि तपाईँसँग एप्पलकेयर+ छ र तपाइँको ब्याट्रीले आफ्नो मूल क्षमताको ८० प्रतिशत भन्दा कम होल्ड गर्छ भने तपाइँले कुनै अतिरिक्त लागत बिना प्रतिस्थापन प्राप्त गर्न सक्नुहुनेछ। यद्यपि, एप्पलकेयर+ नभएका प्रयोगकर्ताहरूले शुल्कमा आफ्नो आईफोन ब्याट्री बदल्न सक्नेछन्।
मूल्य वृद्धि पछिका सम्भावित कारणहरू
आईफोन १६ प्रो मोडेलहरूको लागतमा भएको वृद्धिका लागि केही कारकहरूलाई श्रेय दिन सकिने जनाइएको छ। धेरै स्रोतहरूबाट लीक भएका तस्बिरहरूले आईफोन १६ सिरिज डिभाइसहरूको ब्याट्रीहरूमा मेटल केसिङ रहेको खुलासा गरेको जनाइएको छ जुन स्मार्टफोनको ब्याट्रीहरूमा धेरै समयदेखि देखा नपरेको थप उल्लेख गरिएको छ।
यसले कथित रूपमा थर्मल व्यवस्थापनलाई बढाउने र सम्भावित रूपमा समग्र ब्याट्री लाइफमा सुधार गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी एप्पलले ब्याट्रीहरू थप सजिलो तवरले एक्सेस र रिप्लेस गर्नको लागि आईफोन १६ सिरिजको आन्तरिक सामानहरु पनि पुनः डिजाइन गरेको जनाइएको छ।
नयाँ युरोपेली संघको कानूनको पालना गर्नको लागि एप्पलले यसो गरेको जनाइएको छ जसमा स्मार्टफोन निर्माताहरूलाई सन् २०२५ को जुन महिना सम्ममा ब्याट्रीहरूलाई सामान्य टुल्स (उपकरणहरू) द्वारा रिप्लेसेबल (प्रतिस्थापन गर्न मिल्ने) बनाउन आवश्यक रहेको थप उल्लेख गरिएको छ। यसले कम्पनीले इन्टर्नलहरू पुनः डिजाइन गर्न महत्त्वपूर्ण रकम लगानी गर्नुपरेको हुन सक्ने उल्लेख गरिएको छ।
यद्यपि एप्पलले आफ्नो आईफोनको ब्याट्री प्रतिस्थापन लागत बढाएको यो पहिलो पटक नभएको उल्लेख गरिएको छ। एप्पलले आईफोन १४ सिरिज लन्च गरेको बखतमा पनि ब्याट्री प्रतिस्थापन लागत ६९ अमेरिकी डलर बाट ९९ अमेरिकी डलरमा मूल्य वृद्धि गरिएको थियो।
त्यसैले भर्खरै जारी गरिएको आईफोन १६ लाइनअप मात्र मूल्य वृद्धिबाट प्रभावित नभएको थप उल्लेख गरिएको छ। यसबाहेक एप्पलले पुराना आईफोनको ब्याट्री प्रतिस्थापन लागत पनि ६९ अमेरिकी डलर बाट ८९ अमेरिकी डलरमा बढाएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
भर्खर लन्च भएका आईफोन मोडेलहरूको ब्याट्री प्रतिस्थापन लागतहरूको तुलना यसप्रकार छ:
प्रकाशित: १ आश्विन २०८१, मंगलवार