इरानले चाम्रान–१ अनुसन्धान भूउपग्रहलाई कक्षमा पठायो

Technology Khabar १ आश्विन २०८१, मंगलवार

इरानले चाम्रान–१ अनुसन्धान भूउपग्रहलाई कक्षमा पठायो

काठमाडौं ।

इरानले शनिबार बिहान अनुसन्धान भूउपग्रह चाम्रान–१ को कक्षमा प्रक्षेपण गरेको छ। उक्त भूउपग्रहलाई क्युएइएम–१०० रकेटद्वारा प्रक्षेपण गरिएको थियो ।

चाम्रान–१ लाई इरान इलेक्ट्रोनिक्स इन्डस्ट्रिजको अन्तरिक्ष समूहले देशको एरोस्पेस रिसर्च इन्स्टिच्युट र निजी प्राविधिक फर्महरूसँगको सहकार्यमा डिजाइन र निर्माण गरेको हो ।

लगभग ६० किलोग्राम तौल भएको उपग्रहको मुख्य मिशन कक्षीय चाल चलाउनका लागि प्रविधि प्रमाणित गर्न सफ्टवेयर र हार्डवेयर प्रणालीहरू परीक्षण गर्नु रहेको थियो।

प्रक्षेपण क्युएइएम–१०० क्यारियर रकेटद्वारा गरिएको दोस्रो अपरेशन थियो। यसलाई इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्सको एयरोस्पेस फोर्स द्वारा डिजाइन र विकास गरिएको थियो।

इरानको आधिकारिक समाचार एजेन्सी इर्नाका अनुसार पृथ्वीमाथि पाँच सय ५० किलोमिटरको कक्षमा काम गरिरहेको चाम्रान–१ उपग्रहले आफ्नो पहिलो सङ्केत फिर्ता पठाएको छ।रासस/सिन्ह्वा

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १ आश्विन २०८१, मंगलवार

ताजा समाचार