Technology Khabar ३१ भाद्र २०८१, सोमबार
काठमाडौं ।
लमजुङको सुन्दरबजारमा आयोजना गरिएको विज्ञान प्रदर्शनी सम्पन्न भएको छ। विद्यालय तहका विद्यार्थीलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्याउने उद्देश्यले उक्त विज्ञान प्रदर्शनी आयोजना गरिएको हो।
सुन्दरबजार नगरपालिका–२ हाडेटारमा रहेको महादेवी प्राथमिक विद्यालयले आयोजना गरेको आधारभूत तह १–५ पियस सि सुन्दरबजार अन्तर्गतका विद्यालयस्तरीय विज्ञान प्रदर्शनीमा आयोजक महादेवी प्राथमिक विद्यालय पहिलो भएको छ।
सुन्दरबजार–५ खहरेको विद्याज्योति माध्यमिक विद्यालय दोस्रो, सुन्दरबजार–४ सत्रसयस्थित शान्ति सिर्जना प्राथमिक विद्यालय तेस्रो र सुन्दरबजार–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेको प्रधानाध्यापक राजीव अधिकारीले जानकारी दिए।
विज्ञान प्रदर्शनीमा सामुदायिक र संस्थागत विद्यालय गरी चारओटा पियस सि सुन्दरबजार अन्तर्गतका विद्यालयले सहभागिता जनाएका थिए। सो अवसरमा आधारभूत तहकाका विद्यार्थीले बनाएका विज्ञानसँग सम्बन्धित सामग्री प्रदर्शनी गरिएको थियो। प्रधानाध्यापक अधिकारीका अनुसार यो जिल्लाकै पहिलो आधारभूत तहस्तरीय विज्ञान प्रदर्शनी हो। रासस
प्रकाशित: ३१ भाद्र २०८१, सोमबार