Technology Khabar ३१ भाद्र २०८१, सोमबार
काठमाडौं ।
ह्वाइट हाउसले एजेन्सीलाई सन् २०२६ को अन्त्यसम्ममा त्यसो गर्न निर्देशन दिएको थियो।
शुक्रबार नासाले चन्द्रमाको लागि नयाँ लुनार टाइम सिस्टम विकास गरिरहेको पुष्टि गरेको छ। ह्वाइट हाउसले अप्रिलमा एउटा मेमो प्रकाशित गरेर नासालाई सन् २०२६ सम्ममा नयाँ स्ट्याण्डर्ड सिर्जना गर्न निर्देशन दिएको उल्लेख गरिएको छ।
त्यसको पाँच महिना पछि (सरकारी समय, सबै), कोअर्डीनेटेड लुनार टाइम (एलटीसी) स्थापना गर्न यसले “यू.एस. सरकारी सरोकारवालाहरू, साझेदारहरू र अन्तर्राष्ट्रिय स्तरका संस्थाहरू” सँग काम गर्ने बताएको अन्तरिक्ष एजेन्सी नासाले पुष्टि गरेको इन्ग्याजेटले जनाएको छ।
चन्द्रमाको आफ्नै टाइम जोन किन आवश्यक छ भनेर बुझ्नको लागि आइन्स्टाइनको सिद्धान्तको बारे उल्लेख गरिएको छ। उनको सापेक्षताको सिद्धान्त अनुसार समय गति र गुरुत्वाकर्षणको सापेक्ष परिवर्तन हुन्छ र समय हाम्रो सेलेस्टियल नेबर (आकाशीय छिमेकी) अर्थात् चन्द्रमामा यसको कमजोर गुरुत्वाकर्षणको कारण थोरै छिटो सर्छ भनेर उल्लेख गरिएको छ।
त्यसैले चन्द्रमामा पृथ्वीको घडीले दिनमा लगभग ५६ माइक्रोसेकेन्ड प्राप्त गर्नेछ – जुन गणनाहरू गर्न पर्याप्त छ र जसले भविष्यका मिसनहरूलाई परिशुद्धता आवश्यक पर्ने खतरामा पार्न सक्ने थप उल्लेख गरिएको छ।
“प्रकाशको गतिमा यात्रा गर्ने कुनै चीजको लागि लगभग १६८ फुटबल मैदानहरूको दूरी यात्रा गर्न ५६ माइक्रोसेकेन्ड पर्याप्त समय हो”, नासाको टाइमिङ र स्ट्याण्डर्डका शीर्ष व्यक्ति चेरिल ग्रामलिङले एउटा प्रेस विज्ञप्तिमा बताएको उल्लेख गरिएको छ।
“यदि कसैले चन्द्रमाको परिक्रमा गरिरहेको छ भने पृथ्वीमा रहेका पर्यवेक्षकले एक दिनमा सापेक्षताको प्रभावलाई ख्याल नगी हेर्दा उसले माथि परिक्रमा गर्ने अन्तरिक्ष यात्री वास्तवमा अन्तरिक्ष यात्री भएको ठाउँबाट लगभग १६८ फुटबल मैदानको दुरी बराबर टाढा छ भन्ने सोच्न सक्छ” उनले थप बताएको उल्लेख गरिएको छ।
अप्रिलको ह्वाइट हाउस मेमोले सन् २०२६ को अन्त्यसम्ममा एलटीसीको परिचयको लागि पाठ्यक्रम योजना बनाउनका लागि डिपार्टमेन्ट अफ कमर्स, डिफेन्स स्टेट एण्ड ट्रान्सपोर्टेशनसँग काम गर्न नासालाई निर्देशन दिएको जनाइएको छ।
विश्वव्यापी सरोकारवालाहरू, विशेष गरी आर्टेमिस एकर्डमा हस्ताक्षर गर्नेहरूले यसमा भूमिका खेल्ने थप प्रस्ट्याइएको छ। सन् २०२० मा स्थापित यो सम्झौताहरूमा अन्तरिक्षमा सम्मानित हुने अपेक्षा गरिएका मापदण्डहरूप्रति प्रतिबद्ध ४३ देशहरूको बढ्दो सङ्कलन समावेश रहेको जनाइएको छ। यद्यपि चीन र रुसले भने यसमा सामेल हुन अस्वीकार गरेका जनाइएको छ।
नासाको स्पेस कम्युनिकेशन एण्ड नेभिगेसन (एससीएएन) कार्यक्रमले पहलको नेतृत्व गर्ने जनाइएको छ। भविष्यमा मंगल ग्रहसहित अन्य खगोलीय पिण्डहरूमा पहुँच पुर्याउनु एलटीसीको लक्ष्यहरू मध्ये एउटा रहेको जनाइएको छ।
टाइम स्ट्याण्डर्ड चन्द्रमामा ‘वेटेड एटमिक क्लक (परमाणु घडीहरू) को भारित औसतद्वारा निर्धारण गरिने जनाइएको भए तापनि तिनीहरूको स्थानहरू भने अझै बहसको विषय नै रहेको उल्लेख गरिएको छ।
यस्तो वेटेड औसत वैज्ञानिकहरूले पृथ्वीको कोअर्डीनेटेड युनिभर्सल टाइम(यूटीसी) गणना गर्ने तरिकासँग मिल्दोजुल्दो भएको थप उल्लेख गरिएको छ।
नासाले आफ्नो आर्टेमिस कार्यक्रम मार्फत चन्द्रमामा क्रु (यात्रीहरू सहितको) मिशनहरू पठाउने योजना बनाएको छ। सन् २०२५ को सेप्टेम्बरका लागि निर्धारित आर्टेमिस २ ले चन्द्रमा वरिपरि चार जना व्यक्ति पठाउने योजना रहेको जनाइएको छ।
त्यसैगरी यसको एक वर्षपछि आर्टेमिस ३ ले चन्द्रमाको दक्षिणी ध्रुव नजिक अन्तरिक्ष यात्रीहरू अवतरण गर्ने लक्ष्य राखेको इन्ग्याजेटले उल्लेख गरेको छ।
प्रकाशित: ३१ भाद्र २०८१, सोमबार