Technology Khabar ३१ भाद्र २०८१, सोमबार
काठमाडौं ।
इन्टरनेटको पहुँच र उपलब्धताले हाम्रो दैनिकीलाई सहज बनाइदिएको छ। कार्यालय, कलेज, विद्यालय आदिको पठनपाठन देखि स्वअध्ययन तथा मनोरञ्जनका लागि इन्टरनेट र यसका अन्तर्गत चल्ने विभिन्न वेबसाइट, सामाजिक सञ्जाल, मूलधारका सञ्चारमाध्यम आदिको माध्यमबाट हामी पल पलको खबर प्राप्त गरिरहेका हुन्छौं भने आफ्ना कुराहरु पनि आदान प्रदान गरिरहेका हुन्छौं।
यस हिसाबले इन्टरनेटलाई वरदान मान्दा आश्चर्य नहोला। तर विकाससँगै विनास निम्तिए झैं इन्टरनेटकै कारण सन्सारभर विकृति र विसंगति पनि दिन-प्रतिदिन फैलँदै गएका छन्।
यस्ता विकृति विसंगतिमा समाजमा द्वेष र घृणा फैलाउने, चरित्र हत्या गर्ने, अवाञ्छित र अश्लील फोटो भिडियो राखेर गालफ गलौज गर्ने, अनलाइनमार्फत् सामान आएको छ वा चिट्ठा परेको छ भनेर रकम ठगी गर्ने साथै बेटिङलगायतका गैरकानूनी जुवाहरुमा समावेश हुनेलगायतका क्रियाकलापहरु पर्दछन्।
केही समययता प्रहरीको साइबर ब्युरो र अपराध महाशाखामा दैनिक यस प्रकारका गुनासा आउने गरेकाले नेपाल प्रहरीको साइबर ब्युरोले यसको रोकथामका लागि विद्यालय तथा कलेजहरुमा साक्षरता कक्षा चलाउने लगायतका कार्यहरु गर्दै आएको छ।
यस्तै कार्यहरुका आधारमा ब्युरोले यस्ता साइबर अपराधबाट बच्न केही ‘गर्नु पर्ने’ वा ‘गर्नै नहुने’ टिप्सहरु सबैका लागि साझा गरेको छ।
यस्ता छन् टिप्स
अप्रत्याशित लिङ्क / नभरेको चिट्ठा पयो ?
आर्थिक कारोबारबारे सचेत रहाैं
प्रविधिको प्रयोगबारे जानकार रहौं
गोप्य विवरण “गोप्य नै राख्ने बानी बसालौं
यी माथि उल्लिखित टिप्सहरु कुनै पनि समस्या नआउन् भन्नका लागि अपनाइने उपायहरु हुन्। तर जानी नजानी कुनै साइबरसम्बन्धी समस्या आएको छ भने नेपाल प्रहरीको साइबर ब्यूरोलाई सम्पर्क गर्न सकिन्छ।
साइबर ब्यूरोलाई सम्पर्क गर्ने माध्यमहरू यसप्रकार छन्:
facebook.com/CyberBureau Nepal
फाराम यो लिंकमा उपलब्ध छ: https://cyberbureau.nepalpolice.gov.np
यसबाहेक मेल मार्फत समेत गुनासो टिपाउन सकिन्छ जसका लागि [email protected] निवेदन दिन सकिन्छ।
निवेदन दिँदा नभई नहुने कुराहरु केके हुन्?
प्रकाशित: ३१ भाद्र २०८१, सोमबार