‘ट्याब्लेट’ बनाउनुपर्यो भनेर अनुसन्धान गरिरहेका स्टिभ जब्सलाई यसरी फुरेको थियो आईफोन बनाउने आइडिया

Technology Khabar ३१ भाद्र २०८१, सोमबार

‘ट्याब्लेट’ बनाउनुपर्यो भनेर अनुसन्धान गरिरहेका स्टिभ जब्सलाई यसरी फुरेको थियो आईफोन बनाउने आइडिया
तस्बिर सौजन्य: बीबीसी डटकम

काठमाडौं ।

सन् १९७६ मा स्टीभ जब्स र उनका बिज़नेस पार्टनर स्टीभ वोज़्नियाक तथा रोनाल्ड वेनले मिलेर एप्पल कम्पनी स्थापना गरे। एप्पलले पछि सन् १९८० मा १ अर्ब ८० करोड डलरको मार्केट भ्याल्यूका साथ धितोपत्र बजारमा डेब्यू गर्यो।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार त्यसै वर्षको नोभेम्बरमा स्टीभ वोज़्नियाक र स्टीव जब्सको ओरिजनल एप्पल कम्प्युटर अमेरिकामा ४ लाख अमेरिकी डलरमा लिलामी भयो। उनीहरुको कम्पनीले आईपड बनाइसकेको थियो भने त्यसपछि बिस्तारै आईफोन, आइपड, एयरपडलगायतका स्मार्ट डिभाइसहरु बनाएर हाल विश्वमै चर्चित र धनी कम्पनका रुपमा आफूलाई उभ्याउन सफल भएको छ।

यसरी फुर्यो आईफोन बनाउने आईडिया 

सन् २०१० मा डी८ कन्फ्रेन्समा अन्तर्वार्ता दिने क्रममा स्टीभ जब्सले आफू एउटा ट्याब्लेट बनाउने योजनामा काम गरिरहेको बताएका थिए। उनी कीबोर्डबाट कसरी छुटकारा पाउने र कुनै मल्टीटच ग्लास डिस्प्लेमा टाइप गर्ने तरिकामा कसरी सफलता पाउने भन्नेमा सोचमग्न थिए।

यसै कारण उनले आफ्नो टोलीसँग कुरा गर्दै भने, ‘हामीले हातमा टाइपिङबाट छुटकारा पाउनको लागि मल्टि-टच डिस्प्ले बनाउन सक्छौं?’

त्यसपछिको अन्तर्वार्तामा स्टिभ जब्सले भनेका थिए, “मल्टी-टच डिस्प्लेको कुरा भएको करिब ६ महिनापछि मेरो टोलीले मलाई बोलायो र मलाई एउटा प्रोटोटाइप डिस्प्ले देखायो।”

“मैले यसलाई आफ्नो यूआईमा निपुण मेरो एउटा साथीलाई दिएँ र उसले मलाई केही हप्तापछि बोलायो। मैले उसला२ रबरब्याण्ड र केही अन्य कुराहरुमा स्क्रोल गर्दै गरेको देखें। त्यसपछि मलाई अब ट्याब्लेट नभई फोन नै बनाउन सकिन्छ भन्ने दिमागमा आयो।

उनले थपे, ‘यसपछि मैले ट्याब्लेट प्रोजेक्टलाई हटाएर फोनमा ध्यान दिएँ किनकि ट्याब्लेटभन्दा फोन बढी महत्वपूर्ण थियो।’ त्यसपछि अर्को वर्ष उनले केही आईफोनहरु बजारमा लिएर आए।

उनीहरुले अन्य प्रोजेक्टमा पनि काम गर्न सकिन्छ भन्ने आत्मविश्वास प्राप्त गरेपछि उनी र उनको टिम केही समयअघि साइड लगाएको ट्याब्लेट बनाउने परियोजनातिर पुन डोहोरियो। त्यसपछि जब्स र उनको टिमलाई पछाडि फर्केर हेर्नुपरेन।

एप्पलले निकालेका सबैजसो डिभाइसहरु विश्वभरी माग हुनेमा पर्दछन्। कम्पनीले हालसम्म केही दिनअघि सार्वजनिक भएको आईफोन १६ सिरिजसहित जम्मा २५ प्रकारका आईफोन मोडल तथा सिरिज उत्पादन र सार्वजनिक गरिसकेको छ। यस्तो छ तालिका:

मिति डिभाइस मिति डिभाइस
२००७ पहिलो आईफोन २०१५ आईफोन ६ एस र ६ एस प्लस
२००८ आईफोन ३जी २०१६ आईफोन एसई
२००९ आईफोन ३जी एस २०१६ आईफोन ७ र ७ प्लस
२०१० आईफोन ४ २०१७ आईफोन ८ र ८ प्लस
२०११ आईफोन ४ एस २०१७ आईफोन एक्स
२०१२ आईफोन ५ २०१८ आईफोन एक्स एस र एक्स एस म्याक्स
२०१३ आईफोन एस २०१८ आईफोन एक्स आर
२०१३ आईफोन ५ सी २०१९ आईफोन ११ सिरिज
२०१४ आईफोन ६ र ६ प्लस २०२० आईफोन एस ई
२०२० आईफोन १२ मिनी २०२० आईफोन १२ सिरिज
२०२१ आईफोन १३ सिरिज २०२२ आईफोन एसई थर्ड जेन
२०२२ आईफोन १४ सिरिज २०२३ आईफोन १५ सिरिज
२०२४ आईफोन १६ सिरिज २०२५ आईफोन १७ सिरिज (अपेक्षित)
Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३१ भाद्र २०८१, सोमबार

ताजा समाचार