Technology Khabar ३० भाद्र २०८१, आईतवार
काठमाडौं ।
गत महिना प्रस्तुत गरिएको रेडमी १४सी ले अब ’आर’ मोडलमा जोइन गरेको छ। रेडमी १४आर मा ६.८८ इन्चको १२०हर्ज एचडी+ एलसीडी रहेको र जसमा ६०० निट्स पीक ब्राइटनेस र वेट टचका लागि सहज हुनेगरी बनाइएको छ।
जीएसएमएरिनाका अनुसार रेडमी १४सी मा ८जीबी सम्मको एलपीडीडीआर४एक्स र्याम र २५६जीबी को यूएफएस २.२ स्टोरेजको साथमा स्न्यापड्रागन ४ जेन २ एसओसी समावेश गरिएको छ।
उक्त स्टोरेजलाई माइक्रोएसडी कार्ड मार्फत १टीबी सम्म विस्तार गर्न सकिने उल्लेख गरिएको छ। साथै स्मार्टफोनमा एन्ड्रोइड १४–आधारित हाइपरओएस अपरेटिङ सिस्टम रहेको छ।
फोटोग्राफीका लागि स्मार्टफोनको पछाडि १३ मेगापिक्सेलको प्राइमरी क्यामरा समावेश गरिएको जनाइएको छ। त्यसैगरी स्मार्टफोनको अगाडि सेल्फी र भिडियो कलहरूको लागि ५ मेगापिक्सेलको क्यामरा समावेश गरिएको छ। स्मार्टफोनमा १८ डब्ल्यू चार्जिङ सपोर्टको साथ ५,१६० एमएएच ब्याट्री रहेको थप उल्लेख गरिएको छ।
रेडमी १४आरको बाँकी अन्य हाइलाइटहरूमा माइक्रोएसडी कार्ड स्लट, साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर र ३.५एमएम हेडफोन ज्याक समावेश रहेका छन्।
रेडमी १४आर ४जीबी/२८जीबी, ६जीबी/१२८जीबी, ८जीबी/१२८जीबी र ८जीबी/२५६जीबी गरी चार मेमोरी विकल्पहरू सहित चार रङ्गहरूमा आउने जनाइएको छ।
यिनीहरुको मूल्य क्रमशः १,०९९ चिनियाँ युआन (१५५ अमेरिकी डलर/१४० यूरो/१२,९९५ भारतीय रुपैयाँ), १,४९९ चिनियाँ युआन (२१०० अमेरिकी डलर)/१९० यूरो/१७,७२५ भारतीय रुपैयाँ), १,६९९ चिनियाँ युआन (२४० अमेरिकी डलर/२१५ यूरो/२०,०९० भारतीय रुपैयाँ), र १,८९९ चिनियाँ युआन (२६५ अमेरिकी डलर/२४० यूरो/२२,४५५ भारतीय रुपैयाँ) रहेको उल्लेख गरिएको छ।
यो स्मार्टफोन चीनमा शाओमी को वेबसाइट मार्फत बिक्री गरिने जनाइएको छ भने अन्य बजारहरूमा यसको उपलब्धता बारे कुनै पनि जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ३० भाद्र २०८१, आईतवार