एप्पलले एयरपड्समा राखिएको श्रवण सहायता सुविधाको लागि पायो नियामकको स्वीकृति

Technology Khabar ३० भाद्र २०८१, आईतवार

एप्पलले एयरपड्समा राखिएको श्रवण सहायता सुविधाको लागि पायो नियामकको स्वीकृति

काठमाडौं ।

आईफोन १६ सिरिज लन्चसँगै, एप्पलले नयाँ एयरपड्स प्रो २ मा आउने शक्तिशाली नयाँ स्वास्थ्य सुविधा श्रवण सहायता (हेयरिङ्ग एड) को घोषणा गरेको थियो। तर त्यसबेला सम्म, कम्पनीले यो ‘क्लिनिकल ग्रेड’ श्रवण सहायता मोडको लागि नियामक एफडीएको आधिकारिकता प्राप्त गरेको थिएन।

अहिले एफडीएले आधिकारिक रूपमा एप्पलको नयाँ सुविधालाई अनुमति दिएको घोषणा गरेको छ। यसका साथमा एप्पलले एयरपड्समा नयाँ श्रवण सहायता सुविधाको लागि नियामकको स्वीकृति प्राप्त गरेको हो।

एप्पलले नयाँ एयरपड्स प्रो २ (AirPods Pro 2) वायरलेस हेडफोनको साथ श्रवण सहायता सुविधा प्रदान गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)बाट अनुमति प्राप्त गरेको छ।

यो पहिलो श्रवण सहायता सफ्टवेयर उपकरण हो जुन एफडीएद्वारा डाक्टरको प्रेस्क्रिप्शन बिना बिक्रीको लागि अधिकृत गरिएको छ।

जब यो फिचर यस वर्षमा पछि डेब्यू हुन्छ, एयरपड्स प्रोले पहिले भन्दा अझ बढी उपयोगिता प्रदान गर्ने अनुमान गरिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३० भाद्र २०८१, आईतवार

ताजा समाचार