पूर्वाधार सम्मेलन २०२४ मा ह्वावे डिजिटल पावरद्वारा हरित ऊर्जा प्रविधि प्रस्तुत

Technology Khabar २९ भाद्र २०८१, शनिबार

पूर्वाधार सम्मेलन २०२४ मा ह्वावे डिजिटल पावरद्वारा हरित ऊर्जा प्रविधि प्रस्तुत

काठमाडौं ।

ह्वावे डिजिटल पावरले नेपाल पूर्वाधार सम्मेलन २०२४ मा सफलतापूर्वक सहभागिता जनाएको छ। कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज सिएनआइले  (CNI) भाद्र २७ र २८ गते मा काठमाडौं, नेपालमा सम्मेलनको आयोजना गरेको हो।

दुई दिने कार्यक्रममा, विश्वभरका नीति निर्माता, उद्योगी व्यवसायी र वैज्ञानिक आविस्कारकहरू भेला भएर नेपालको पूर्वाधार विकासको बारेमा भएको छलफल भएका थियो।

सम्मेलनको प्रमुख ध्यान हरित ऊर्जा, दिगोपन, र डिजिटल रूपान्तरणमा केन्द्रित गरिएको थियो। यस वर्षको सम्मेलन नेपालको पूर्वाधारको भविष्यलाई आकार दिनमा स्वच्छ ऊर्जा र डिजिटलाइजेशनको महत्वपूर्ण भूमिका रहने तर्फ केन्द्रित रह्यो।

भाद्र २७ को ऊर्जा र जलस्रोत प्यानल छलफलमा, ह्वावे एपीएसी डिजिटल पावर स्मार्ट पिभि एण्ड इएसएस का अध्यक्ष, चेन योंगले “स्मार्ट र दिगो संसारको लागि ऊर्जा डिजिटलाइजेशन” शीर्षकमा अध्ययन प्रस्तुत गरे।

उनले ह्वावेको वैश्विक ऊर्जा रुपान्तरणमा भूमिका, डिजिटल समाधानलाई पावर इलेक्ट्रोनिक्ससँग एकीकृत गरेर स्वच्छ ऊर्जा उपलब्ध गराउने र हरित क्रान्तिमा योगदान पुर्याउने स्पष्ट पारे।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २९ भाद्र २०८१, शनिबार

ताजा समाचार

एनसेल एपमा आयो अपडेट, थपिए नयाँ सुविधाहरु

  • Technology Khabar
  • २९ आश्विन २०८१, मंगलवार