Technology Khabar २९ भाद्र २०८१, शनिबार
काठमाडौं ।
एप्पलले आफ्नो आईफोनहरूबारे विस्तृत विवरणहरू स्पस्ट रुपमा उपलब्ध नगराउने प्रवृत्ति राख्दै आएको छ र यसको सट्टा अधिकांश भागको लागि मनपर्ने वाक्यांशहरू प्रयोग गर्ने गर्दछ।
यसमा वायर्ड चार्जिङ स्पिडहरू समावेश छन् जहाँ नयाँ आईफोन १६ सिरिजले आफ्नो पूर्ववर्तीहरूले जस्तै एप्पलको आधिकारिक २० डब्ल्यू यूएसबी–सी पावर एडाप्टर प्रयोग गर्दा ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्ने उद्धृत गरिएको छ।
एप्पलले आफ्नो आधिकारिक स्पेक्स पेजमा केबल यति मात्र उल्लेख गरेको छ। यद्यपि चीनबाट आएका सर्टिफिकेशनको श्रृंखलाले भने एप्पलले आईफोन १६ सिरिजमा चार्जिङ स्पिड क्षमतालाई नाटकीय रूपमा बढाएको छ र ४५ वाटमा रहेको पुष्टि गरेको जनाइएको छ।
चाइना क्वालिटी सर्टिफिकेशन सेन्टर (सीक्यूसी) का अनुसार आईफोन १६ (ए३२८८), आईफोन १६ प्लस (ए३२९१), आईफोन १६ प्रो (ए३२९४) र आईफोन १६ प्रो म्याक्स (ए३२९७) सबैले ५–१५ भोल्ट र ३ एम्प्समा चार्जिङ सपोर्ट गर्नेछ।
यो ४५वाट पीक चार्जिङ स्पिड (गति) भएको र २७–२९वाटमा टप्ड आउट हुने आईफोन १५ सिरिजका डिभाइसरूको तुलनामा उल्लेखनीय सुधार भएको उल्लेख गरिएको छ।
एप्पलले आधिकारिक रूपमा आफ्नो नयाँ आईफोन १६सिरिजको लागि ३० मिनेटमा ५० प्रतिशतको चार्जिङ स्पिड हुने बताएको छ र यसको मुख्य कुरा भनेको आधिकारिक एप्पल २० वाट यूएसबी–सी पावर एडाप्टरका साथ ती तथ्याङ्कहरू प्राप्त हुनु हो।
यसको अर्थ नयाँ आईफोनहरूले पावर डेलिभरी (पीडी) स्ट्याण्डर्ड प्रयोग गरेर हाई–पावर्ड (उच्च–शक्तियुक्त) चार्जरहरूको फाइदा लिन सक्षम हुनुपर्नेछ।
यद्यपि यसले शुन्यदेखि १०० प्रतिशतको चार्जिङ समयमा अर्थपूर्ण सुधार प्रदान गर्छ वा गर्दैन भनेर हेर्नको लागि पर्खेनुपर्ने जीएसएमएरिनाले रिपोर्टमा भनेको गरेको छ।
प्रकाशित: २९ भाद्र २०८१, शनिबार