केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम भदौ २९ र ३० गते

Technology Khabar २८ भाद्र २०८१, शुक्रबार

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम भदौ २९ र ३० गते

काठमाडौं ।

नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले यही भदौ २९ र ३० गते ‘एक्स्पेरियन्स केई’ टेष्ट ड्राइभ कार्यक्रम  आयोजना गर्ने जनाएको छ।

भाद्र २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट-भटेनी नक्शालमा  गएर केईको इलेक्ट्रीक एसयूभी X3 Pro EV, इलेक्ट्रीक ह्याचब्याक E-Qute 04 र E-Qute 02 टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको र सहभागीहरु मध्ये एकजना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्चको मिक्सर ग्राइण्डर प्राप्त गर्ने बताइएको छ।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो जुन नाडा अटो शो मा पहिलोपटक सार्वजनिक गरिएको थियो।

त्यसपछि कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ| हालै मात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस, काठमाडौं स्थित तीनकुने मा सञ्चालनमा ल्याएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २८ भाद्र २०८१, शुक्रबार

ताजा समाचार