Technology Khabar २८ भाद्र २०८१, शुक्रबार
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपाल प्रहरी साइबर ब्युरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भन्दै सुवेदीले सेवाग्राहीसँग ९९ हजार रुपियाँ घुस लिएको आयोगले जनाएको छ।
सुवेदीलाई सोही रकम बराबर बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी आयोगले लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कोषबाट बोलपत्र आह्वान गर्दा ठेकेदार कम्पनीसँग मिलेमतो गरे र आर्थिक अनियमितता गरेको आरोपमा भट्टराई विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
भट्टराईले ठेकेदार कम्पनीसँग अनुचित लाभ लिएर आमा जनकनन्दनी भट्टराईको नाममा भक्तपुरको गुन्डुमा जग्गा किनेको आरोप छ। भट्टराई र आमा दुवै जनालाई एक करोड ८५ लाख रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको छ।
प्रकाशित: २८ भाद्र २०८१, शुक्रबार