Technology Khabar २८ भाद्र २०८१, शुक्रबार
काठमाडौं ।
अमेरिकी टेक जायण्ट एप्पलले आफ्नो आईफोनको १६औं श्रृङ्खला गत सोमबार ९ सेप्टेमम्बरका दिन सार्वजनिक गरेको छ। यी फोनहरुमा एईलगायत नयाँ नयाँ फिचरहरु समावेश गरिएका छन्।
यो सिरीजअघि एप्पलले थुप्रै प्रकारका मोबाइल, ल्यापटप, स्मार्टवाच तथा अन्य ग्याजेट सार्वजनिक गरिसकेको छ। ती ग्याजेटहरु बेलाबेलामा ट्रेन्डमा रहँदै आएका छन्।
विश्वभरीका बजारमा आईफोनको माग अत्यन्तै हुने गरेको छ। नेपाल तथा भारतीय बजारमा पनि इन्टरनेटको बढ्दो माग र खपतका कारण स्मार्टफोनको माग बढिरहेको छ। यसैकारण यी बजारमाआईफोनको माग पनि लगातार बढ्दै गइरहेको छ।
सन् १९७६ मा स्टीभ जब्स र उनका बिज़नेस पार्टनर स्टीभ वोज़्नियाक तथा रोनाल्ड वेनले मिलेर एप्पल कम्पनी स्थापना गरे। एप्पलले पछि सन् १९८० मा १ अर्ब ८० करोड डलरको मार्केट भ्याल्यूका साथ धितोपत्र बजारमा डेब्यू गर्यो।
त्यसै वर्षको नोभेम्बरमा स्टीभ वोज़्नियाक र स्टीव जब्सको ओरिजनल एप्पल कम्प्युटर अमेरिकामा ४ लाख अमेरिकी डलरमा लिलामी भयो। आईपडका ‘गडफ़ादर’ का रुपमा चिनिने टोनी फैडेलले पहिलो आईफ़ोन बनेको कथा बीबीसीलाई सुनाएका छन्।
आईपडलाई अझ राम्रो बनाउन सकिन्छ भन्ने आइडिया उनकै दिमागमा आएको थियो। उनले पहिलो आईफोनको प्रोटोटाइप आफ्नो हातबाट हराएको बताए।
उनी हवाई यात्रामा रहेका बेला विमानबाट ओर्लेर फोनको प्रोटोटाइप राखेको खल्तीमा हात हाल्दा उनको होश उडेको थियो। त्यहाँ उक्त प्रोटोटाइप थिएन। उनलाई यो प्रडक्ट यति सफल हुन्छ भन्ने सोच थिएन तर प्रोटोटाइप नै गायब भएपछि स्टीभ जब्सलाई के जवाफ दिने भन्ने कुराले उनी सोचमग्न भए।
तर भाग्यवश खल्तीबाट हराएको प्रोटोटाइप फैडेल बसेको प्लेनको दुई सीटबीचमा भेटियो। यो त्यसबेलाको कुरा हो जतिखेर माइक्रोसफ्टजस्ता कम्पनीहरु पर्सनल कम्प्युटरलाई फोनमा एकीकृत गर्ने प्रयासमा लागिरहेका थिए। तर एप्पलको प्रयास भने आईपडमा अझ बढी सुधार ल्याएर त्यसैलाई फोनको रुप दिनु थियो।
बीबीसीले उल्लेख गरे अनुसार त्यतिबेला एप्पल एउटा म्याकिन्टोश कम्प्यूटरमा काम गरिरहेको थियो। उक्त कम्प्युटरको आकार टेबलटेनिस बोर्ड जत्रो थियो। स्टीभले टोनीलाई आईपडलाई टचस्क्रीन बनाउन सुझाव दिए।
टोनीका अनुसार यसका लागि सयौं कामदार आवश्यक हुन्थ्यो। अन्तत: उनीहरुले त्यसमा सफल भए। एप्पलसँग अब्बल कामदारहरु थिए तर लेकिन फोन बनाउने दक्षता भने उनीहरुसँग थिएन। त्यसैले फैडेलले कुनै विज्ञसँग भेट्ने योजना बनाए।
तर स्विडेनको एउटा रेस्टुरेन्टमा अर्को टोलीसँग डिनर गरेर फर्केपछि उनीसँग भएका सबै सामान चोरी भएको चाल पाए। यो कुनै प्रतिद्वन्द्वी कम्पनीले गराएको उनीहरुलाई थाहा थियो।
यसबाहेक फोनमा कीबोर्ड राख्ने कि नराख्ने भन्नेमा पनि छलफल शुरु भयो। यो विषयमा टोलीभित्र निकै तनाव पैदा भयो।
स्टीभ आईफोनमा टचस्क्रीन होस् भन्ने चाहन्थे तर बाँकी टोली यसको विपक्षमा थियो। अन्तत: एक दिन स्टीभ जब्सले भने- ‘जो टचस्क्रीनको विरुद्धमा छौ, तिमीहरु टोली छोड्न सक्छौ।
स्टाइलमा पनि एकमत थिएन। तर स्टाइलका लागि उक्त टोली स्टीभलाई थाहा नदिई काम गर्न थाल्यो। सन् २००७ मा सान फ्रान्सिस्कोमा भएको अनुएल म्याकवर्ल्ड एक्सपोमा एप्पलका मालिक स्टीव जब्सले पहिलो आईफोन सार्वजनिक गरे।
त्यसबेला उनलाई सबैले गिज्याए। तर वर्तमानमा यो कम्पनी विश्वमै सबैभन्दा धनी कम्पनीको सूचीमा आउँछ। आईफोन प्रयोगकर्ताको संख्या पनि लगातार बढिरहेको छ।
एप्पलको पहिलो आईफोनमा टचस्क्रीन, वाइडस्क्रीन आईपड, मोबाइल फोन तथा इन्टरनेट ब्राउजर जस्ता फिचर राखिएको थियो। बीबीसीले सीएनएनलाई उद्धृत गर्दै उल्लेख गरे अनुसार उक्त फोन सार्वजनिक गर्ने क्रममा स्टीभ जब्सले “म यही दिनको प्रतीक्षामा पछिल्लो अढाई वर्षदेखि काम गरिरहेको छु” भनेका थिए।
पहिलो आईफोनको मूल्य ३९९ अमेरिकी डलर राखिएको थियो। यो आईफोनमा १६ जीबी मेमोरी, ३.५ इञ्चको टचस्क्रीन तथा २ मेगापिक्सलको क्यामरालगायतका फिचर्स समावेश गरिएको थियो।
प्रकाशित: २८ भाद्र २०८१, शुक्रबार