Technology Khabar २७ भाद्र २०८१, बिहीबार
काठमाडौं ।
डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले हालै राष्ट्रपतीय निर्वाचनको बहसमा रिपब्लिकन प्रतिद्वन्द्वी र क्रिप्टो समर्थक डोनाल्ड ट्रम्पलाई कडा टक्कर दिएपछि अमेरिकी क्रिप्टोकरेन्सी सेयर मूल्य बुधबारको पूर्व-बजार कारोबारमा घटेका छन्।
पूर्व राष्ट्रपति ट्रम्पले आफूलाई बिटक्वाइन समर्थक उम्मेदवारको रूपमा प्रस्तुत गरेका थिए जसको पुनरागमनले हालको प्रशासनलाई नियामक अत्याचारको आरोप लगाएको उद्योगका लागि जीतको संकेत हुन सक्ने आकलन गरिएको छ।
अनलाइन बेटिङ साइट प्रेडिक्टआईटीका अनुसार बहसअघि ह्यारिसको जीतको सम्भावना ५३% बाट ५६% मा सुधार भएको छ भने ट्रम्पको सम्भावना ५२% बाट ४८% मा झरेको छ।
“ह्यारिसको बहसमा प्रदर्शन र सायद टेलर स्विफ्टको समर्थनपछि, ह्वाइट हाउसमा क्रिप्टो-समर्थक ट्रम्पको थोरै कम सम्भावना छ,” हार्ग्रिभ्स ल्यान्सडाउनका मनी र मार्केट्स प्रमुख सुजान्ना स्ट्रिटरले भनिन्।
पप मेगास्टार टेलर स्विफ्टले आफ्नो २८ करोड फलोअर्सलाई इन्स्टाग्राममा पोस्ट गरेर डेमोक्र्याटिक उम्मेदवारलाई मत दिने बताएकी छिन्।
ट्रम्पले जुलाईमा डोनेसन र भोटको खोजीमा एक सम्मेलनमा क्रिप्टो उद्योगलाई सहयोग गरेका थिए र मैत्रीपूर्ण नियमनको वाचा गरेका थिए। “कहिल्यै आफ्नो बिटक्वाइन नबेच,” ट्रम्पले त्यतिबेला भनेका थिए, “यदि निर्वाचित भएमा अमेरिकी सरकारले बिटक्वाइनलाई मूल्यको भण्डारको रूपमा राख्नेछ।” यता, ह्यारिसले क्रिप्टोमा आफ्नो नीति स्थिति अझै स्पष्ट गरेकी छैनन्।
बहसअघि, धेरै बजार सहभागीहरू र विश्लेषकहरूले बिटक्वाइनलाई त्यो सम्पत्ति भनेर हेरिरहेका थिए जसले कुन उम्मेदवारले अग्रता लिइरहेको छ भन्ने सुराक दिनेछ।
“अमेरिकी राष्ट्रपतिको बहसले क्रिप्टोलाई प्रत्यक्ष रूपमा सम्बोधन गरेन। तथापि, बजार भावना कमला ह्यारिसको पक्षमा सर्दैछ,” अनुसन्धान संस्था बीआरएनका विश्लेषक भालेन्टिन फर्नियरले भने।
“यसले बिटक्वाइनको लागि अलिकति कम आशावादी दृष्टिकोण सिर्जना गर्छ, जुन ट्रम्पले बिटक्वाइद्द सम्मेलनमा गरेका उत्साही प्रक्षेपणहरूको तुलनामा कम छ।”
क्रिप्टो बजारलाई प्रायः जोखिमयुक्त क्षेत्रको व्यापारका रूपमा हेरिन्छ, जसमा उच्च अस्थिरता हुन्छ र यसलाई अमेरिकी सेक्यु्रिटिज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले सुरक्षा कानुनहरू उल्लङ्घन गरेको आरोप लगाएको छ।
प्रकाशित: २७ भाद्र २०८१, बिहीबार