आफ्नो पोलराइजिङ फिल्म व्यवसाय चिनियाँ कम्पनीलाई बेच्दै सामसङ एसडीआई

Technology Khabar २७ भाद्र २०८१, बिहीबार

आफ्नो पोलराइजिङ फिल्म व्यवसाय चिनियाँ कम्पनीलाई बेच्दै सामसङ एसडीआई

काठमाडौं ।

कोरियाली टेक जायन्ट सामसङको ब्याट्री निर्माण गर्ने भगिनी संस्था सामसङ एसडीआईले मंगलबार आफ्नो पोलराइजिङ फिल्म व्यवसाय चिनियाँ कम्पनी वुछि हेङ्जिन अप्टोइलेक्ट्रोनिक मटेरियल्सलाई १.१२ ट्रिलियन वोनमा बिक्री गर्ने योजनामा रहेको बताएको छ।

उक्त सम्झौतामा सामसङ एसडीआईको सबै सेयर वुछीमा तथा दक्षिण कोरियाकै सुवोन र चेवोङ्जुमा रहेका पोलराइजिङ फिल्मसम्बद्ध इकाईहरुमा रहने उल्लेख छ।

सामसङ एसडीआईले ब्याट्री व्यवसायसँग तादात्म्य राख्नका लागि पोलराइजिङ फिल्म इकाइ चलाउने आफ्ना सबै विद्युतीय सामग्रीहरुको व्यवसायले सेमिकण्डक्टर, ओएलईडी तथा ब्याट्रीहरुमा केन्द्रित गर्ने बताएको छ।

कोरियाली प्रविधि सञ्चार संस्था द इलेकका अनुसार कम्पनीको यो निर्णय आउनुमा यसको मुख्य ग्राहकका रुपमा रहेको सामसङ डिस्प्लेले एलसीडी बजार छोड्नु रहेको हुन सक्ने आकलन गरिएको छ। पोलराइजिङ फिल्म एलसीडीमा प्रयोग गरिन्छ।

सन् २०१९ मा सामसङ डिस्प्लेले आफ्नो डिस्प्लेमै प्रयोग हुने एसीएफ अर्थात् एनिसोट्रोपिक कण्डक्टिभ फिल्म व्यवसाय कुक्डो केमिकललाई सुम्पिएको थियो।

सामसङ एसडीआईको पोलराइजिङ फिल्म युनिट सामसङकै अर्को कम्पनी चेली इण्डस्ट्रिजबाट उद्गम भएको हो। चेली पछि गएर सन् २०१४ मा सामसङ एसडीआईमै गाभिएको थियो।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २७ भाद्र २०८१, बिहीबार

ताजा समाचार