Technology Khabar २७ भाद्र २०८१, बिहीबार
काठमाडौं ।
एप्पलले सार्वजनिक रूपमा कहिले पनि आफ्नो आईफोनहरूमा कति र्याम छ भनेर खुलासा गर्ने गरेको छैन। त्यसैले निश्चित मात्राहरू पुष्टि गर्नको लागि सामान्यतया टियरडाउन गर्नु बाहेक अरु कुनै उपाय छैन। यद्यपि यस पटक भने टियरडाउन गर्नु नपर्ने भएको जनाइएको छ।
आईएसडब्ल्यू अपडेटस्सँगको साझेदारीमा म्याकरुमर्सको एक नयाँ रिपोर्टले सोमबार घोषणा गरिएका आईफोन १६ का सबै मोडेलहरूमा ८ जीबी र्याम समावेश गरिएको बताएको छ।
यसको मतलब आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सले आफ्नो पूर्ववर्तीहरूको जस्तै समान र्याम समावेश गरेको जनाइएको छ। यद्यपि आईफोन १६ र आईफोन १६ प्लसमा भने आईफोन १५ र आईफोन १५ प्लस भन्दा २जीबी बढी र्याम समावेश गरिएको थप उल्लेख गरिएको छ।
त्यसैगरी आईफोन १५ र आईफोन १५ प्लसले र्याम थोरै भएकै कारणले गर्दा एप्पल इन्टेलिजेन्स फिचर सेट प्राप्त नगर्ने जनाइएको छ। आईफोन १६ र आईफोन १६ प्लसमा भने आईफोन १५ र आईफोन १५ प्लसको तुलनामा २जीबी बढी र्याम भएकाले एप्पल इन्टेलिजेन्स अक्टोबरमा लन्च भएसँगै प्राप्त गर्ने भएको उल्लेख गरिएको छ।
आईफोन १६ सिरिज शुक्रबार, सेप्टेम्बर १३ तारिखदेखि प्रि–अर्डरको लागि उपलब्ध हुने जनाइएको छ भने शुक्रबार, सेप्टेम्बर २० तारिखबाट बिक्री सुरु गरिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २७ भाद्र २०८१, बिहीबार