अनलाइनमार्फत हुँदै आएको कम्पनी दर्ताको काम अनिश्चितकालका लागि बन्द

Technology Khabar २६ भाद्र २०८१, बुधबार

अनलाइनमार्फत हुँदै आएको कम्पनी दर्ताको काम अनिश्चितकालका लागि बन्द

काठमाडौं ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा हालसम्म अनलाइनमार्फत हुँदै आएको कम्पनी दर्ताको काम बन्द हुने भएको छ। हालै सरकारले कार्यालयको नयाँ सफ्टवेयर प्रयोग गर्नमा रोक लगाएपछि उक्त अनलाइन प्रणालीबाट हुने काम रोकिएको हो।

कार्यालयले हालै एक सूचना प्रकाशित गरी उक्त कार्यालयवाट प्रवाह हुने सेवालाई पूर्ण रुपमा अनलाईन प्रणालीमा आवद्ध गर्न कार्यालयले नयाँ सफ्टवेयर (Company Administration Management Information System-CAMIS) निर्माण गरी कार्यान्वयनमा ल्याएकोमा सर्वोच्च अदालतले रोक्ने आदेश दिएका कारण उक्त सेवा रोकिएको जनाएको छ।

कार्यालयको नयाँ सफ्टवेयर सम्बन्धी अदालतबाट भएको आदेश कार्यान्वयन गर्ने सिलसिलामा उक्त काम रोकिएको बुझिएको छ।

सफ्टवेयरको कार्यान्वयन सम्बन्धमा सर्वोच्च अदालतबाट गत भदौ १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयको असार १९ साउन १७ तथा भदौ ९ र १६ गते प्रकाशित सूचना बमोजिम लागेको हुन सम्पूर्ण काम कारबाही, पत्राचार एवं निर्णयहरु अन्तरिम आदेश टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको कार्यालयले जनाएको छ।

‘माथि उल्लिखित मितिका सूचनाहरु बमोजिम हुन लागेको सम्पूर्ण काम कारबाही सम्मानित अदालतवाट अर्को आदेश/निर्णय नभएसम्मको लागि हाललाई स्थगन गरिएको व्यहोरा कार्यालयको मिति २०८१/०५/२४ को निर्णय अनुसार सम्बन्धित सबैमा जानकारी गराईन्छ’, सूचनामा उल्लेख छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २६ भाद्र २०८१, बुधबार

ताजा समाचार