Technology Khabar २५ भाद्र २०८१, मंगलवार
काठमाडौं ।
सरकारी कार्यालयमा शेयर कारोबार गर्न रोक लगाउने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्राचार गरेको छ।
यसका साथमा, अनलाइन शेयर कारोबारमा प्रयोग हुने प्रविधि ‘टिएमएस’ सरकारी कार्यलयमा नचल्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसहित सबै मन्त्रालय, अयोग, सचिवालय र कार्यालयका सचिवहरूलाई सम्बोधन गर्दै टिएमएस प्रविधि नचलाउन पत्राचार गरेको हो।
कार्यालय समयमा टिएमएस चलाए/नचलाएको प्राविधिक रूपमै चेकजाँच गर्न समेत आदेश समेत दिइएको छ।
“उपरोक्त सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र संख्या २०८१/८२ चलानी नं. ११८६५ मिति २०८१/०५/२१को कार्यालयमा टिएमएस नचलाउने व्यवस्था सम्बन्धमा विषय रहेको पत्रबाट नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा टिएमएस नचलाउने ब्यवस्था हुन र सो समयमा टिएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउन लेखी आएकोले आयोगको पत्रानुसार गर्नु गराउनु हुन आदेशानुसार अनुरोध छ,” पत्रमा उल्लेख छ।
प्रकाशित: २५ भाद्र २०८१, मंगलवार