Technology Khabar २५ भाद्र २०८१, मंगलवार
काठमाडौं ।
भारत पहिलो पटक संयुक्त राज्य अमेरिकालाई उछिन्दै विश्वको दोस्रो ठूलो ह्यान्डसेट बजार बनेको छ। पहिलो नम्बरमा चीन कायमै छ हालै आएको एक रिपोर्टका अनुसार काउन्टरपोइन्ट रिसर्चले सन् २०२४ को पहिलो ६ महिनामा विश्वव्यापी फाईभजी ह्यान्डसेटको आपूर्ति वार्षिक २० प्रतिशतले वृद्धि भएको देखाएको छ।
एप्पलले फाइभजी ह्यान्डसेटको विश्वव्यापी आपूर्तिमा अग्रता लिएको छ जसको बजार हिस्सा २५ प्रतिशतभन्दा बढी छ। यो पनि काउन्टरपोइन्टले गरेको अध्ययनको वार्षिक आँकडा हो। यसको मुख्य कारण आईफोन १५ सिरिज र १४ सिरिजको बलियो आपूर्ति रहेको न्युज१८ ले उल्लेख गरेको छ।।
फाइभजी ह्यान्डसेटको आपूर्ति स्थिर रूपमा बढ्दै गएको छ भने बजेट सेग्मेन्टमा फाइभजी ह्यान्डसेटहरूको उपलब्धता बढेसँगै उदीयमान बजारहरूले यस क्षेत्रमा उच्च वृद्धि देखेका छन्।
“भारतले पहिलो ६ महिनामा संयुक्त राज्य अमेरिकालाई उछिन्दै दोस्रो ठूलो फाइभजी ह्यान्डसेट बजार बन्यो। बजेट सेग्मेन्टमा शाओमी, भिभो, सामसङ र अन्य ब्रान्डहरूको बलियो आपूर्ति नै यो प्रवृत्तिको मुख्य कारण थियो,” वरिष्ठ विश्लेषक प्रचिर सिंहले भने।
भारतमा सामसङ सबैभन्दा बढी बिक्ने फोनको सूचीमा २१ प्रतिशत बजार हिस्सासहित दोस्रो नम्बरमा छ। यसो हुनुमा ग्यालेक्सी ए सिरिज तथा एस२४ सिरिजको अत्यधिक बिक्री हो।
यसबाहेक सन् २०२४ को पूर्वार्द्धमा अत्यधिक बिक्री भएका शीर्ष १० फाइभजी मोडलहरुमा एप्पल र सामसङको बराबर ५-५ सेट रहेका छन्। यीमध्ये शुरुवाती ४ मा एप्पलका मोडल रहेका छन्।
प्रकाशित: २५ भाद्र २०८१, मंगलवार