Technology Khabar २४ भाद्र २०८१, सोमबार
काठमाडौं ।
एप्पलले आफ्नो ‘ग्लोटाइम’ इभेन्टमार्फत नयाँ एप्पल वाच सिरिज १० लन्च गरेको छ। यो नयाँ वाचमा ठूलो र अझ ससक्त डिस्प्ले दिईएको छ भने ओएलईडी डिस्प्ले राखिएको छ।
सिरिज १० का लागि ग्लसी ब्ल्याक कलर अप्सन विशेषरुपमा ल्याईएको छ।
एप्पल वाच सिरिज १० मा नयाँ डिजाइन छ। एप्पलले आफ्नो स्मार्टवाचको डिजाइन अपडेट सन् २०२१ पछि पहिलो पटक परिवर्तन गरेको छ।
नयाँ वेयरेबल स्लिमर बडि र थिन फ्रन्ट बेजल्सको साथ आएको छ। यसमा नयाँ एस१० प्रोसेसर राखिएको छ। एप्पलले वाच १० का साथमा स्लीप एप्नियाको अनुगमन गर्ने फिचर समेत ल्याएको छ।
यो स्मार्टवाच ३९९ डलरदेखि शुरु हुन्छ र सेप्टेम्बर २० देखि बजारमा आउनेछ।
एप्पल वाच सिरिज १० मा नयाँ बिल्ट-इन स्पिकर छ जसले प्रयोगकर्ताहरूलाई यसबाट गीतहरू वा पोडकास्टहरू सिधै प्ले गर्न दिन्छ। नयाँ एप्पल वाचले छिटो चार्ज गर्ने सुविधा पनि दिन्छ, जसले प्रयोगकर्ताहरूले यसलाई ३० मिनेटमा ८० प्रतिशतसम्म रिचार्ज गर्न अनुमति दिन्छ। एप्पलले नयाँ ठूला स्क्रिनहरूको फाइदा लिनको लागि परिवेशको प्रकाश अनुसार प्रतिबिम्बित गर्ने नयाँ ‘वाच फेस’ पनि सिर्जना गरेको छ।
यसका साथै कम्पनीले एप्पल वाच अल्ट्रा २ स्मार्टवाचको नयाँ भर्सन पनि ल्याएको छ।
प्रकाशित: २४ भाद्र २०८१, सोमबार