एप्पलले आईफोन एसई ४ बाट इन–हाउस फाइभजी मोडेम प्रयोग शुरु गर्ने सम्भावना

Technology Khabar २४ भाद्र २०८१, सोमबार

एप्पलले आईफोन एसई ४ बाट इन–हाउस फाइभजी मोडेम प्रयोग शुरु गर्ने सम्भावना

काठमाडौं ।

एप्पलले क्वालकममा निर्भरता घटाउने उद्देश्यले आईफोनका लागि आफ्नै फाइभजी मोडेम विकास गरिरहेको केही समयदेखि हल्ला चलिरहेको छ। कम्पनीले वर्षौंदेखि यो लक्ष्यको लागि काम गरिरहेको जनाइएको छ।

सन् २०१९ मा एप्पलले इन्टेलको फाइभजी मोडेम डिभिजन अधिग्रहण गरेसँगै यसले घरेलु समाधानको बारेमा अनुमानलाई बढावा दिएको उल्लेख गरिएको छ।

अब यी प्रयासहरूको परिणाम नजिक हुन सक्ने उल्लेख गरिएको छ। एप्पलको इन–हाउस मोडेम योजनाहरू प्रगति भइरहेको भन्दै आफ्नो आपूर्ति श्रृंखला स्रोतहरू उद्धृत गर्दै आफ्नो भरपर्दो आपूर्ति श्रृंखला इनसाइटका लागि परिचित रहेका विश्लेषक मिङ–ची कुओले उल्लेख गरेको जनाइएको छ।

कुओका अनुसार एप्पलले अर्को वर्ष आफ्नै फाइभजी मोडेमका साथ ३५–४० मिलियन डिभाइसहरू ढुवानी गर्ने अपेक्षा गरिएको छ जुन सन् २०२६ मा ९०–११० मिलियन युनिट र सन् २०२७ मा १६०–१८० मिलियन युनिटमा बढ्ने थप उल्लेख गरिएको छ।

त्यसैगरी उनले यो विकासले क्वालकमको फाइभजी चिप ढुवानी र इजाजतपत्र आम्दानीलाई हानि पुर्याउन सक्ने औंल्याएका जनाइएको छ।

गत जुलाईमा कुओले दुईवटा आईफोन मोडेलहरू सन् २०२५ मा एप्पलको इन–हाउस फाइभजी मोडेमको साथ डेब्यु गर्न तयार रहेको बताए थिए। यी मोडलहरूमा आगामी वर्षको पहिलो त्रैमासिकमा अपेक्षित आइफोन एसई ४ र सन् २०२५ को तेस्रो क्वाटरमा लन्च हुन सक्ने अल्ट्रा स्लिम आइफोन १७ एयर समावेश रहेका छन्।

एप्पलले सधैं आफ्नो हार्डवेयर इकोसिस्टममा पूर्ण नियन्त्रण गर्ने लागि लक्ष्य राखेको छ। साथै आफ्नै मोडेमको विकासले कम्पनीलाई डिजाइनमा थप स्वायत्तता दिनेछ जसले सम्भावित रूपमा आईफोनहरू र तिनीहरूको सेलुलर कनेक्टिभिटी बीच राम्रो एकीकरणको लागि अनुमति दिने उल्लेख गरिएको छ।

त्यसैगरी एप्पलले आफ्नो वाई–फाई र ब्लुटुथ चिप्सको साथ मोडेमलाई सिङ्गल (एकल), स्ट्रिमलाइन्ड ( सुव्यवस्थित) कम्पोनेन्टमा संयोजन गर्ने योजना बनाएको अफवाहहरू रहेको जनाइएको छ। यसले ब्याट्री जीवनको साथै समग्र डिभाइस इफिसियन्सी सुधार गर्न सक्ने थप उल्लेख गरिएको छ।

क्वालकमको सन्दर्भमा भने एप्पलसँग चिपमेकरको लाइसेन्स सम्झौता रहेको र जुन सन् २०२७ को मार्च सम्म चल्ने जनाइएको छ। यद्यपि, यदि कुओ को भविष्यवाणी सही भएको खण्डमा भने एप्पलले आफ्नै मोडेमको उत्पादन र्याम्प गरेकाले क्वालकमले आईफोन–सम्बन्धित बिक्रीमा उल्लेखनीय गिरावटको सामना गर्न सक्ने उल्लेख गरिएको छ।

अझै पनि चुनौतीहरूको सम्भावना भए तापनि एप्पलको इन–हाउस फाइभजी मोडेम द्रुत रुपमा अगाडि बढिरहेको देखिएको र जसले आगामी वर्षहरूमा स्मार्टफोन कनेक्टिभिटी बजारमा बाधा पुर्याउने गीज्मोचाइनाले उल्लेख गरिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २४ भाद्र २०८१, सोमबार