Technology Khabar २४ भाद्र २०८१, सोमबार
काठमाडौं ।
एप्पलको नयाँ आईफोन १६ र अन्य नयाँ उपकरणहरूको उद्घाटन हुने चिर प्रतीक्षित ‘ग्लोटाइम’ इभेन्ट नेपाली समयअनुसार आज राति पौने ११ बजे सुरु हुँदैछ।
तर यदि तपाईंले युट्युबमा ‘Apple Event Live’ खोज्नुभयो भने तपाईं एउटा नक्कली लाइभ स्ट्रिममा पुग्न सक्नुहुन्छ, जहाँ टिम कुकको एउटा डीपफेक भिडियो देख्न सकिन्छ। उक्त भिडियोमा कुकले प्रयोगकर्ताहरूलाई आज राति हुने उद्घाटन समारोहको समयमा स्क्रीनमा देखिएको क्यूआर कोड स्क्यान गर्न आग्रह गरिरहेका छन्, जसबाट निःशुल्क क्रिप्टो गिभअवे पाइने भनिएको छ।
तर यो साँचो नभई एउटा स्क्याम हो। यसबाट टाढै बस्नु राम्रो हुन्छ। अन्तर्राष्ट्रिय सञ्चार संस्था एबीपी लाईभका अनुसार जे जसो भए पनि उक्त क्यूआर कोड स्क्यान गर्नबाट टाढा रहनु उत्तम हुन्छ।
यदि क्रिप्टोकरेन्सी पुरस्कार पाउने लोभले होस् वा यत्तिकै पनि तपाईँले उक्त कोड स्क्यान गर्नुभयो भने यसले स्क्यामर तथा ह्याकरहरुलाई तपाईंको फोन ह्याक गर्न र अन्ततः तपाईंको व्यक्तिगत र वित्तीय डाटामा पहुँच गर्न सक्ने अवस्था सिर्जना गर्न सक्छ।
क्यूआर कोडले तपाईंलाई ठगी गर्नेहरुको योजना अनुरुप अघि बढाउन सक्छ जहाँ तपाईंलाई क्रिप्टोकरेन्सीहरू जित्नको लागि पैसा तिर्न आग्रह गरिनेछ। यो स्पष्ट रूपमा एउटा ठगी हो र यदि तपाईं आफ्नो व्यक्तिगत डाटा तथा बैैक खाताहरुलाई माया गर्नुहुन्छ र कुनै खतरा नहोस् भन्न चाहनुहुन्छ भने यसबाट टाढा रहनु नै राम्रो हुने समाचारमा उल्लेख छ।
भिडियोमा apple-gift2024.com भन्ने एउटा नक्कली URL पनि देखाइएको छ। एप्पलको आधिकारिक वेबसाइट यस्तो हुँदैन भन्ने सबैलाई स्पष्ट छ। यहाँबाट पनि टाढा रहनु नै राम्रो हो। तपाईंले देख्न सक्नुहुन्छ, भिडियोको इन्टरफेस (शीर्षक, वर्णन आदि) एप्पलको आधिकारिक युट्युब च्यानल र अपलोड जस्तै देखिने गरी बनाइएको छ।
अर्कफ ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा एप्पलको आधिकारिक युट्युब च्यानलमा ‘Apple’ मात्र प्रोफाइल नामको रूपमा देखिन्छ र अरू केही छैन। एप्पलको आधिकारिक च्यानलमा १.९ करोड भन्दा बढी सब्सक्राइबर छन्, जबकि यस नक्कली एप्पल च्यानलमा लगभग २० लाख सब्सक्राइबर छन्।
यो स्पष्ट रूपमा कुकको पुरानो भिडियो हो जसमा उनी एप्पलको क्युपर्टिनो मुख्यालयमा बसिरहेका छन्। भिडियोमा कुकले स्पष्ट रूपमा नक्कली, ड्रोन जस्तो आवाजमा दर्शकहरूलाई स्क्रीनमा देखिएको क्यूबर कोड (जसलाई हामीले धमिलो बनाएका छौं) स्क्यान गरेर निःशुल्क क्रिप्टो गिभअवेका लागि रजिस्ट्रेशन गर्न आग्रह गरिरहेका छन्।
एबीपीलाईभले यो समाचार लेखेको समयमा यो भिडियोमा ६०,००० भन्दा बढी लाइभ दर्शकहरू रहेका जनाएको छ।
झनै चकित पार्ने कुरा त के हो भने युट्युबको सर्च अल्गोरिदमले यो नक्कली स्क्याम भिडियोलाई सर्चको शीर्ष स्थानमा राखिरहेको छ। यो समस्याजनक छ किनभने हरेक प्रयोगकर्ताले नक्कली भिडियो चिन्न सक्दैनन् वा कहिले नक्कली भिडियो देखिरहेका छन् भन्ने थाहा पाउन सक्दैनन्।
यसकारण नक्कली भिडियोहरूलाई सबैभन्दा लोकप्रिय खोजको रूपमा फ्ल्याग गर्ने काम बन्द गर्नु युट्युब र यसको मातृ कम्पनी अल्फाबेटको जिम्मेवारीमा पर्न आउँछ। स्क्यामर तथा ह्याकरहरुले आफ्नो अल्गोरिदमलाई यति सजिलै कसरी क्र्याक गरे भन्नेबारे पनि भिडियो स्ट्रिमिङ जायन्ट गुगलले समाधान खोज्नुपर्छ।
यस्तो भएको पहिलो पटक होइन
ठूला घटनाहरूको फाइदा उठाएर निर्दोष पीडितहरूलाई क्रिप्टो स्क्याममा फसाउने यो प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको छ। यो ठगीको तरिका प्रायः प्रख्यात प्राविधिक व्यक्तित्वहरूको तस्बिर वा भिडियोहरूलाई उपयोग गरेर नयाँ क्रिप्टोकरेन्सी परियोजनाको समर्थन गरिरहेको झुठो भ्रम सिर्जना गर्ने हो।
यी स्क्यामहरूले प्रायः वर्तमान घटनाबारे थाहा भएका तर आधिकारिक स्ट्रिमहरूसँग प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई लक्षित गर्छन्। यहाँसम्म कि आईफोन १४ को उद्घाटन समारोहको क्रममा पनि स्क्यामरहरूले टिम कुकको पुरानो सीएनएनको अन्तर्वार्ता प्रयोग गरेर डीपफेक बनाएका थिए।
उक्त डीपफेक भिडियोमा मौलिक कुराहरुलाई परिवर्तन गरी ह्याकरहरुले हालको एप्पल इभेन्टको हिस्सा जस्तो देखाइदिएर क्रिप्टो वेबसाइटहरूमा उच्च प्रतिफलको आश्वासन दिँदै ट्राफिक बटुल्न सफल भएका थिए।
आक्रमणकारीहरूले प्रायः पहिले नै भएका युट्युब च्यानलहरू हाइज्याक गरेर त्यसका सब्सक्राइबरहरूको फाइदा उठाउनका लागि प्रयोग गर्ने भएकाले स्क्याम गर्ने च्यानलहरूको यूआरएल प्रायः असान्दर्भिक हुन्छन्।
प्रकाशित: २४ भाद्र २०८१, सोमबार