आईफोन १६ सिरिजले जेपीईजी–एक्सएल इमेज फर्म्याट समर्थन गर्ने

Technology Khabar २४ भाद्र २०८१, सोमबार

आईफोन १६ सिरिजले जेपीईजी–एक्सएल इमेज फर्म्याट समर्थन गर्ने

काठमाडौं ।

एप्पलले सेप्टेम्बरमा आईफोन १६, प्लस, प्रो, र प्रो म्याक्स गरी कुल चार मोडलहरू सहित आईफोन १६ सिरिज लन्च गर्ने अपेक्षा गरिएको छ। यस सिरिजको बारेमा धेरै लीक र अफवाहहरू देखा परिसकेका छन्।

उक्त अफवाहहरू मध्ये पछिल्लोले भने आईफोन १६ सिरिजले ८के भिडियो रेकर्डिङको समर्थनको अभाव हुने जनाएको छ। यद्यपि एन्ड्रोइड फ्ल्यागशिपहरूले भने वर्षौंदेखि उक्त फिचर प्रदान गर्दै आएको छ।

८के मा १०–बिट प्रोरेस भिडियो रेकर्ड गर्नको लागि २५६जीबी अपर्याप्त हुने
एप्पलले आईफोन १४ प्रो मोडेलहरूमा ४८ मेगापिक्सेलको मुख्य सेन्सर स्विच गरेसँगै फोनले अब ८के भिडियो रेकर्डिङलाई समर्थन गर्ने मानिसहरूले अपेक्षा गरेका थिए।

८के भिडियो रेकर्डिङको लागि ७६८० × ४३२० पिक्सेलको रिजोल्युसन आवश्यकता हुने र जुन कुलमा लगभग ३३.२ मिलियन पिक्सेल हुने भएकाले १२ मेगापिक्सेल सेन्सरका साथ ८के रेकर्डिङ सम्भव नभएको उल्लेख गरिएको छ।

यसबाहेक एप्पललाई ८के रेकर्डिङ सक्षम गर्नबाट अर्को एक समस्याले रोकिरहेको उल्लेख गरिएको छ। एप्पलको १०–बिट प्रोरेस रेकर्डिङ गर्नको लागि धेरै स्टोरेज चाहिने जनाइएको छ। विशेष गरी कम स्टोरेज (भण्डारण) भएका आधार भेरियन्टहरूको लागि रेजोलुसनलाई ८के मा बम्प गर्नु राम्रो निर्णय नहुने थप उल्लेख गरिएको छ।

एप्पलले बेस (आधार) आईफोन १६ प्रोलाई २५६जीबी स्टोरेज (भण्डारण) को साथ अपग्रेड गर्न सक्छ भनि ट्रेन्डफोर्सको एक रिपोर्ट जनाएको छ। यद्यपि ८के रेजोल्युसनमा १०–बिट प्रोरेस रेकर्डिङको लागि भने अझै अपर्याप्त हुने थप उल्लेख गरिएको छ।

जस्तो, एउटा आईफोनले १०–बिट प्रोरेस १०८०पी भिडियोको एक मिनेट शूट गर्दा लगभग १.७ जीबी लिन्छ र फोरके मोडमा खिचिएको भिडियो क्षमता ६जीबी पुग्ने जनाइएको छ।

यद्यपि, भिडियो रेकर्डिङमा भने अपग्रेड हुने उल्लेख गरिएको छ। ९टु५म्याक द्वारा उद्धृत स्रोतहरूका अनुसार आईफोन १६ प्रो (र सम्भवतः आईफोन १६ प्रो म्याक्स) ले फोरके १२०एफपीएस रेकर्डिङलाई समर्थन गर्नेछ जुन गत वर्षको आईफोनहरूको फोरके ६०एफपीएस रेकर्डिङको टपमा अपग्रेड हुने उल्लेख गरिएको छ।

नयाँ इमेज फर्म्याट
जेपीईजी एक्सएल अर्को पुस्ताको इमेज फर्म्याट (छवि ढाँचा) भएको र जसलाई जेपीईजी जस्तै पुरानो ढाँचाहरूको तुलनामा राम्रो कम्प्रेसन र गुणस्तर प्रदान गर्न विकसित गरिएको जनाइएको छ।

अघिल्लो रिपोर्टहरूका अनुसार एप्पलले पहिले नै आईओएस १७ र म्याकओएस १४ मा इमेज फर्म्याट (छवि ढाँचा) को लागि समर्थन थप गरेको जनाइएको छ।

यद्यपि अन्य कुनै स्मार्टफोन निर्माताहरूले जेपीईजी एक्सएलमा इमेजहरू खिच्नका लागि ढाँचालाई सीधा आफ्नो क्यामरा प्रणालीहरूमा एकीकृत गरेका छैनन्। आईफोन १६ सिरिजले भने यसलाई समर्थन गर्ने अफवाह रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २४ भाद्र २०८१, सोमबार

ताजा समाचार