Technology Khabar २२ भाद्र २०८१, शनिबार
काठमाडौं ।
चीनको एक पुन: प्रयोगयोग्य प्रयोगात्मक अन्तरिक्ष यान शुक्रबार सफलतापूर्वक आफ्नो निर्धारित अवतरण साइटमा फर्किएको छ।
उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान २६८ दिनको इन-अर्बिट सञ्चालनपछि फर्किएको सिन्ह्वाले रिपोर्ट गरेको छ।
प्रयोगको सफलताले चीनको पुन: प्रयोज्य अन्तरिक्ष यान प्रविधिहरूको बढ्दो परिपक्वतालाई देखाउँछ, जसले भविष्यमा अन्तरिक्षको शान्तिपूर्ण प्रयोगको लागि थप सुविधाजनक र किफायती राउन्ड-ट्रिप विधिहरूको लागि मार्ग प्रशस्त गर्ने बताईएको छ।
प्रकाशित: २२ भाद्र २०८१, शनिबार