गोप्रो हिरो १३ ब्ल्याक र हिरो एक्शन क्यामराहरू भारतमा लन्चः ५.३ के मा स्टनिङ भिडियो क्याप्चर गर्न सकिने

Technology Khabar २२ भाद्र २०८१, शनिबार

गोप्रो हिरो १३ ब्ल्याक र हिरो एक्शन क्यामराहरू भारतमा लन्चः ५.३ के मा स्टनिङ भिडियो क्याप्चर गर्न सकिने

काठमाडौं ।

गोप्रोले अन्ततः भारतमा एक्शन क्यामराहरूको आफ्नो नयाँ हिरो सिरिज ल्याएको छ। हिरो १३ ब्ल्याक र हिरो क्यामराहरू अन्ततः केही नयाँ र सुधारिएका फिचरहरूसहित रिलिज गरिएका छन्।

गोप्रोको नयाँ लन्चले पोर्टेबल फर्म फ्याक्टरमा हाई रेजोलुसन भिडियो रेकर्डिङ ल्याएको जनाइएको छ।

१. गोप्रो हिरो १३ ब्ल्याक
हिरो १३ ब्ल्याक अत्याधुनिक प्रविधिको साथ आएको जनाइएको छ र जसले ६० फ्रेम प्रति सेकेन्डमा ५.३ के भिडियो रेकर्डिङ प्रदान गर्ने उल्लेख गरिएको छ। त्यसैगरी यो स्मूथ भिडियोको लागि भनेर हाइपरस्मूथ स्टेबलाइजेसन (स्थिरीकरण) को साथ आएको जनाइएको छ।

गोप्रोको नयाँ एक्शन क्यामराले ४००एफपीएस मा ७२०पी, १२०एफपीएस मा ५.३के र ३६०एफपीएस मा ९००पी को लागि १३× बर्स्ट स्लो मोशन क्याप्चर समर्थन गर्ने जनाइएको छ।

यसबाहेक हिरो १३ ब्ल्याकमा ठूलो ब्याट्री, फास्टर वाईफाई ६, सुधारिएको भिडियो क्याप्चर, २७.६ मेगापिक्सेल १÷१.९–इन्च सीएमओएस सेन्सर, २.२७–इन्च टच डिस्प्ले र १.४–इन्च फ्रन्ट डिस्प्ले रहेको जनाइएको छ।

गोप्रो हिरो १३ ब्ल्याक ‘हिरो १३ ब्ल्याक क्रिएटर एडिशन’ को रूपमा पनि आएको जनाइएको छ जसमा मूलतः भोल्टा पावर ग्रिप, मिडिया मोड र लाइट मोड समावेश रहेको उल्लेख गरिएको छ।

त्यसैगरी यसमा एउटा एक्सेसरि बन्डल पनि रहेको र त्यसलाई अतिरिक्त लागत लाग्ने थप उल्लेख गरिएको छ। यसबाहेक गोप्रो हिरो १३ ब्ल्याकमा १९००एमएएच ब्याट्री प्याक, १० मिटरसम्म वाटरप्रूफिङ, एक माइक्रोएसडी कार्ड स्लट, तीनवटा माइकका साथै अन्य थप उल्लेखनीय फिचरहरू समावेश गरिएको उल्लेख छ।

२. गोप्रो हिरो
हिरो १३ ब्ल्याकको साथसाथै, बेस हिरोलाई थप किफायती मूल्य ट्यागको साथ घोषणा गरिएको छ। यस गोप्रो हिरोले फोरके भिडियो रेकर्डिङ समर्थन गर्दछ भने यसमा र १.७६ इन्च टच डिस्प्ले रहेको जनाइएको छ।

साथै यस एक्शन क्यामरामा १,२५५एमएएच ब्याट्री प्याक समावेश गरिएको र जसको तौल मात्र ८६ ग्राम रहेको जनाइएको छ। यसले माइक्रोएसडी कार्ड रिडरलाई समर्थन गर्नुका साथै १२ मेगापिक्सेलको अधिकतम रेजोल्युसनको साथ तस्विरहरू पनि लिन सक्ने थप उल्लेख गरिएको छ।

कनेक्टिभिटी विकल्पहरूमा ब्लुटुथ ५.२, वाईफाई ५ र यूएसबी टाइप सी समावेश रहको छन्। यसबाहेक गोप्रो हिरो पनि वाटरप्रूफ हुनुका साथै हाइपरस्मूथ समावेश गरिएको उल्लेख गरिएको छ।

३. मूल्य निर्धारण र उपलब्धता
गोप्रोले हिरो १३ ब्ल्याक भारतमा ४४,९९० भारतीय रुपैयाँमा रिलिज गरेको जनाइएको छ। त्यसैगरी क्रिएटर एडिशनको मूल्य ६४,९९० र एक्सेसरि बन्डलको मूल्य ४९,९९० भारतीय रुपैयाँ कायम गरिएको उल्लेख छ।

अर्कोतर्फ, हिरोको भने २३,९९० भारतीय रुपैयाँ मूल्य ट्याग रहेको जनाइएको छ। यसबाहेक त्यहाँ विभिन्न अन्य एक्सेसरिजहरू पनि उपलब्ध भएको र जसलाई छुट्टै बिक्री गरिने जनाइएकोे छ।

साथै दुवै मोडेलहरू यस हप्ता प्रि–अर्डरहरूमा जानेछन् भने पहिलो बिक्री यस महिनाको अन्त्यमा सुरु हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २२ भाद्र २०८१, शनिबार

ताजा समाचार

एनसेल एपमा आयो अपडेट, थपिए नयाँ सुविधाहरु

  • Technology Khabar
  • २९ आश्विन २०८१, मंगलवार