Technology Khabar २२ भाद्र २०८१, शनिबार
काठमाडौं ।
मोटोरोलाले जुन महिनामा मोटो एस५० निओ लन्च गरेको र वाचा अनुसार ब्रान्डले बिहीबार भेनिला एस५० अनावरण गरेको छ। डाइमेन्सिटी ७३०० एसओसीद्वारा सञ्चालित हुने र एन्ड्रोइडले १४ रन गर्ने मोटोरोला मोटो एस५० अनबोर्डमा १२जीबी र्याम र ५१२जीबी स्टोरेजका साथ आउने जनाइएको छ।
मोटोरोलाको यो नयाँ स्मार्टफोनमा एचडीआर१०+ समर्थन र ३,००० निट्स पिक ब्राइटनेसको साथ २,७६७०×१,२७२–पिक्सेल रिजोल्युसनको ६.३६ इन्च १२०हर्ज एलटीपीओ पीओएलईडी डिस्प्ले समावेश गरिएको जनाइएको छ।
उक्त डिस्प्लेमा ३२ मेगापिक्सेलको सेल्फी क्यामराको लागि सेन्टर्ड पञ्च–होल र बायोमेट्रिक अन्थेन्टिकेसनको लागि फिङ्गरप्रिन्ट रिडर पनि रहेको जनाइएको छ।
स्मार्टफोनको पछाडि ट्रिपल क्यामरा सेटअप रहेको जनाइएको छ जसमा ५० मेगापिक्सेलको प्राथमिक (सोनी आईएमएक्स८९६, ओआईएस), १३ मेगापिक्सेलको अल्ट्रावाइड (१२३ एफओभी) र १० मेगापिक्सेलको टेलिफोटो (३× अप्टिकल जुम, ओआईएस) युनिटहरू समावेश गरिएको उल्लेख छ।
त्यसैगरी मोटोरोला मोटो एस५० मा ६८डब्ल्यू वायर्ड र १५डब्ल्यू वायरलेस चार्जिङ समर्थनको साथ ४,३१० एमएएच ब्याट्री समावेश गरिएको जनाइएको छ। साथै यो स्मार्टफोनमा आईपी६८ रेटिङ पनि रहेको थप उल्लेख छ।
मोटोरोला मोटो एस५० भर्खरै घोषणा गरिएको मोटोरोला एज ५० निओको चाइना–विशेष संस्करण भएको जनाइएको छ जस अनुसार एस५० चाइना–विशेष र एज ५० नियो अन्तर्राष्ट्रिय बजारहरूको लागि लक्षित गरिएको उल्लेख छ।
मोटोरोला मोटो एस५० तीनवटा प्यान्टोन–भ्यालिडेटेड रङ्गहरूमा आएको जनाइएको छ भने १२जीबी/२५६जीबी र १२जीबी/५१२जीबी गरी दुई मेमोरी कन्फिगरेसनहरू उपलब्ध भएको उल्लेख गरिएको छ।
१२जीबी/२५६जीबी कन्फिगरेसनको मूल्य २,१९९ चिनियाँ युआन (३१०अमेरिकी डलर/२८०यूरो/२६,०००भारतीय रुपैयाँ) र १२जीबी/५१२जीबीको मूल्य २,४९९चिनियाँ युआन (३५०अमेरिकी डलर/३२००यूरो) २९,५५०भारतीय रुपैयाँ) कायम गरिएको उल्लेख छ।
यो नयाँ स्मार्टफोन लेनोभोको आधिकारिक चिनियाँ वेबसाइट मार्फत खरिद गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २२ भाद्र २०८१, शनिबार