Technology Khabar २२ भाद्र २०८१, शनिबार
काठमाडौं ।
टीएफ इन्टरनेशनल सेक्युरिटीज विश्लेषक मिङ–ची कुओका अनुसार एप्पलले हिट डिसिपेसन सुधार गर्नको लागि सम्पूर्ण आईफोन १७ लाइनअपमा ग्रेफाइट सिट र आईफोन १७ प्रो म्याक्समा अतिरिक्त भीसी कूलिङ प्रणाली थप्ने जनाइएको छ।
उक्त कूलिङ प्रणालीको साथ आईफोन १७ लाइनअपले आफ्नो पूर्ववर्तीहरूको तुलनामा कार्यक्षमतामा उल्लेखनीय सुधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
ग्राफाइट सिट र भीसी (भेपर चेम्बर) कुलिङ, दुवैले हिट (ताप) लाई ठूलो क्षेत्रमा फैलाउन र बाहिरी सतहबाट वातावरणमा फैलाउन मद्दत गर्दछ। साथै कूलिङ सिस्टमले फोनका मुख्य भागहरू (जस्तै एसओसी) लाई नियन्त्रित तापक्रममा राख्ने र थर्मल थ्रोटलिङलाई रोक्ने गर्दछ भनि थप उल्लेख गरिएको छ।
आईफोन १७ प्रो म्याक्समा सुधारिएको कूलिङ प्रणाली डिभाइसमा परिष्कृत एआई सुविधाहरू कायम राख्न आवश्यक हुन सक्छ।
यस प्रणालीले डिभाइसलाई राम्रो वा अधिक स्थिर प्रदर्शन (स्टेबल पर्फमेन्स) प्रदान गर्न सक्षम बनाउने जनाइएको छ। साथै एप्पलले आफ्नो आईफोनहरूमा यी कूलिङ समाधानहरू थप गर्न लागेको यो पहिलो पटक भएको थप उल्लेख गरिएको छ।
कूलिङ प्रणालीहरूलाई एप्पलले वेवास्ता गर्दै आएको उल्लेख गरिएको छ। तथापि, कम्पनीले अन्ततः ए१७ प्रो र यसका उत्तराधिकारीहरूको प्रदर्शन क्षमताहरू हेरेर कूलिङ समाधान सुधार गर्ने निर्णय गर्न सक्ने थप उललेख गरिएको छ।
त्यसैगरी आईफोन १७ प्रो म्याक्सले १२ जीबी र्याम प्रदान गर्ने अफवाह रहेको छ भने अन्य सबै मोडलहरूमा ८ जीबी र्याम हुने जनाइएको छ। साथै प्रो म्याक्स मोडेलमा समावेश गरिने उक्त १२ जीबी र्याम थप अन–डिभाइस एआई सुविधाहरूको कारण हुने अपेक्षा गरिएको छ।
आईफोन १७ सिरिजमा आईफोन १७, आईफोन १७ स्लिम, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स गरी कुल चार आईफोन मोडेलहरू समावेश गरिने सम्भावनाको उल्लेख गरिएको छ।
साथै आईफोन १७ प्लसलाई आईफोन १७ स्लिम द्वारा प्रतिस्थापन गर्न सकिने सम्भावना रहेको छ जुन स्लिमर मात्र नभएर आकारमा पनि सानो हुने जनाइएको छ।
अघिल्लो रिपोर्टहरुका अनुसार आईफोन १७ स्लिम ६.५५ इन्च देखि ६.६ इन्च मापन गर्न सक्ने जनाइएको छ जुन आईफोन १५ प्लसको ६.७ इन्च स्क्रिन भन्दा सानो हुने उल्लेख गरिएको छ।
त्यस बाहेक एप्पलले आफ्नो पूर्ववर्तीको तुलनामा आईफोन १७ लाइनअपको साथ डिजाइनमा कुनै ठूलो परिवर्तनहरु प्रस्ताव गर्ने सम्भावना नभएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २२ भाद्र २०८१, शनिबार