आईप्याड मिनी ७ सार्वजनिक हुने मिति नजिकिँदै

Technology Khabar २१ भाद्र २०८१, शुक्रबार

आईप्याड मिनी ७ सार्वजनिक हुने मिति नजिकिँदै

काठमाडौं ।

एप्पलले सन् २०२१ को सेप्टेम्बरमा आईप्याड मिनी ६ लन्च गरेको थियो। यसको उत्तराधिकारीका रुपमा  आईप्याड मिनी ७ ट्याब्लेटलाई गत वर्ष यसै समयमा घोषणा गरिने अपेक्षा गरिएको थियो। अब भने एप्पलले अन्ततः यो वर्षको अन्त्यमा प्रोडक्टलाई लन्च गर्न सक्ने जस्तो देखिन्छ भनि उल्लेख गरिएको छ।

यो समाचार ब्लूमबर्गको मार्क गर्मनबाट आएको जनाइएको छ र उनले नयाँ डिभाइस आउँदैछ भनेर अनुमान लगाएको थप उल्लेख गरिएको छ।

हाल धेरै एप्पल स्टोरहरूमा अहिलेको आईप्याड मिनीको धेरै कन्फिगरेसनहरूको स्टक कम रहेको र डिभाइसलाई एप्पल भित्र आन्तरिक रूपमा “कन्स्ट्रेन्ट” (बाधा) मानिएको उनले खुलासा गरेको जनाइएको छ।

अब चाँडै नै आईप्याड मिनी ६ को उत्तराधिकारी देख्न पाउँदा अचम्म मान्नु नपर्ने र त्यसलाई एआईका साथ इनहान्स्ड गरिने उनले थप खुलासा गरेका छन्। साथै एप्पलले यसअघि नै आईओएस र आईप्याडओएसमा धेरै एआई सुविधाहरू थपिसकेको छ।

त्यसैगरी एप्पलले यो नयाँ प्रोडक्ट यस वर्ष सेप्टेम्बर वा अक्टोबरमा एक प्रेस सम्मेलनमा लन्च गर्नेछ धेरै स्रोतहरूले संकेत गरेको थप उल्लेख गरिएको छ।

आईप्याड मिनी ७ को बारेमा अहिलेसम्म थाहा भएका विवरणहरु
आईप्याड मिनी ७ ले आफ्नो पूर्ववर्तीको क्लासिक डिजाइन र एपियरेन्स (उपस्थिति)लाई जारी राख्ने उल्लेख गरिएको छ।

साथै डिस्प्ले साइज र डिभाइसको तौल पनि उस्तै रहन सक्ने जनाइएको छ। आईप्याड मिनी ६ को तौल २९३ ग्राम (वाई–फाई)-२९७ ग्राम (वाई–फाई + सेलुलर) ले १९.३ डब्ल्यूएच ब्याट्री प्याक गर्दछ भने केवल ६.३ मिमी मोटाई रहेको छ।

पूर्ववर्तीसँगको स्क्रोलिङ अनुभव वास्तवमै राम्रो नभएको र जेली इफेक्ट (प्रभाव) रहेका उल्लेख गरिएको छ। एक रिपोर्ट अनुसार आईप्याड मिनी ७ ले उक्त समस्या समाधान गर्नको लागि नयाँ डिस्प्ले कन्ट्रोलर प्रयोग गर्ने जनाइएको छ।

यसमा स्क्रीनको संवेदनशीलता उल्लेखनीय रूपमा सुधार हुने र यसका कारण स्क्रोल गर्दा सबै कन्टेन्ट (सामग्री) एकरूप र सहज रहने सुनिश्चित गर्दै प्रयोगकर्ताहरूलाई थप सहज भिजुअल अनुभव प्रदान गर्ने उल्लेख गरिएको छ।

विशेष रूपमा डिभाइसमा आफ्नो पूर्ववर्तीको जस्तै अझै पनि आईपीएस एलसीडी प्यानल उपलब्ध हुने थप उल्लेख गरिएको छ।

त्यसैगरी मेमोरी र स्टोरेज (भण्डारण) सुधारको अर्को क्षेत्र हुन सक्ने जनाइएको छ। जस अनुसार र्यामलाई वृद्धि गरेर ४जीबी बाट ८जीबीमा पुर्याइने उल्लेख गरिएको छ।

स्टोरेज (भण्डारण) को सन्दर्भमा भने १२८जीबी नयाँ मानक बन्न सक्ने जनाइएको छ जसले मल्टिटास्किङ एक्सपिरियन्स (अनुभव)लाई सुधार गर्न मद्दत गर्ने उल्लेख गरिएको छ।

पर्फमेन्सको सन्दर्भमा, सिक्स्थ जेनरेसन (छैठौं पुस्ता) को आईप्याड मिनी ए१५ चिपसँग सुसज्जित रहेको र आईप्याड मिनी ७ को “मुख्य बिक्री बिन्दु” भनेको यसको चिप हुनेछ भनेर विश्लेषकहरूले औंल्याएका गीज्मोचाइनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २१ भाद्र २०८१, शुक्रबार

ताजा समाचार