सामसङ ग्यालेक्सी एस२५ मा स्न्यापड्रागन र फोल्ड७ तथा फ्लिप७ मा एक्जिनोस २५०० प्रयोग हुने

Technology Khabar २० भाद्र २०८१, बिहीबार

सामसङ ग्यालेक्सी एस२५ मा स्न्यापड्रागन र फोल्ड७ तथा फ्लिप७ मा एक्जिनोस २५०० प्रयोग हुने

काठमाडौं ।

पछिल्ला केही महिनाहरूमा सामसङको आगामी ग्यालेक्सी एस२५ परिवारमा कुन चिपसेट(हरू) समावेश गरिनेछ भनेर धेरै चर्चा हुँदै आएको छ। यो डिभाइस सम्भवतः आगामी जनवरीमा लन्च हुने तालिका रहेको उल्लेख गरिएको छ।

सुरुमा एक्जिनोस–मात्र समावेश हुनेछ भनेर सुन्नमा आएकोमा त्यसपछि देखा परेका दुई अलग रिपोर्टहरूले अब स्न्यापड्रागनको पनि आशा गर्न सकिने उल्लेख गरेको जीएसएमएरिनाले जनाएको छ।

सामसङको गृहराष्ट्र कोरियाबाट आएको अर्को एउटा नयाँ अफवाहले स्न्यापड्रागनको जीतको पुष्टि गरेको जनाइएको छ। ग्यालेक्सी एस२५, ग्यालेक्सी एस२५+(प्लस) र ग्यालेक्सी एस२५ अल्ट्राले कथित रूपमा क्वालकमको स्न्यापड्रागन ८ जेन ४ विश्वव्यापी रूपमा प्रयोग गर्ने उल्लेख गरिएको छ।

एस२५ सिरिजको “पर्फमेन्स म्याक्सिमाइज” (कार्यक्षमता अधिकतम) गर्नु यसको स्पष्ट कारण भएको थप उल्लेख गरिएको छ।

त्यसैगरी अर्को वर्षको दोस्रो भागमा रिलीज हुने ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ मा भने यसको सट्टा एक्सिनोस २५०० प्रयोग गरिने जनाइएको छ।

फोल्डेबलहरूले अहिलेसम्म स्न्यापड्रागन चिप्समा भर परेको हुनाले यो निकै चाखलाग्दो ट्विस्ट भएको जनाइएको छ। साथै फोल्डेबलहरू बाहिर नआएसम्म सामसङसँग २५०० को यिल्ड सुधार गर्न र यसको प्रदर्शन स्थिर गर्न पर्याप्त समय हुनेछ भन रिपोर्टमा थप नोट गरिएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २० भाद्र २०८१, बिहीबार