जुलाईमा टोयोटाको उत्पादन र विश्व बजारको बिक्री लगातार छैटौं महिना घट्यो

Technology Khabar १४ भाद्र २०८१, शुक्रबार

जुलाईमा टोयोटाको उत्पादन र विश्व बजारको बिक्री लगातार छैटौं महिना घट्यो

काठमाडौं ।

जापानी कार कम्पनी टोयोटा मोटरले बिहीबार आफ्नो विश्वव्यापी उत्पादन र ब्यापार जुलाईमा लगातार छैटौं महिनामा घटेको बताएको छ। चीन र थाइल्याण्ड जस्ता बजारहरूमा गिरावटका कारण यस्तो भएको भए पनि यो गिरावट अघिल्लो महिनाको दोहोरो अंकको गिरावटको तुलनामा सानो भएको उसको भनाई छ। ।

अनतर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जुलाईको उत्पादन गत वर्षको सोही महिनाको तुलनामा १ प्रतिशत झरेर ८ लाख ४ हजार ६१० सवारी साधनमा झरेको छ। यो बीचमा चीनमा ६ प्रतिशतले र थाइल्याण्डमा १३ प्रतिशतले उत्पादन घटेको छ।

मुख्य बजारका रुपमा मानिएका संयुक्त राज्य अमेरिका र चीन बिक्रीमा गिरावट आएपछि विश्वव्यापी रुपमा कम्पनी बिक्री १ प्रतिशतभन्दा कम भएको समाचारमा उल्लेख छ।

गत वर्षको तुलनामा बिक्री कम हुनुको मुख्य कारण एयरब्यागको समस्या  तथा ग्रान्ड हाइल्यान्डर र लेक्सस टीएक्स एसयूभीको उत्पादन र डेलिभरी निलम्बन गरिनु मुख्य मानिएको छ। यसका कारण अमेरिकी बजारमा कम्पनीको गाडीहरु बिक्री ५ प्रतिशतले घटेको छ।

चिनियाँ अटोमेकरहरूले बेचेका इलेक्ट्रिक गाडीहरू र प्लग-इन हाइब्रिडहरूबाट विदेशी अटो ब्रान्डहरूमा चलिरहेको दबाबको बीचमा चीनमा ती गाडीहरुको बिक्री घटेको बताइएको छ।

टोयोटाको विश्वव्यापी बिक्री र उत्पादन तथ्याङ्कमा यसको लेक्सस लक्जरी ब्रान्ड पनि समावेश छ।

Sajilo Visa

प्रकाशित: १४ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार