के हो ऐतिहासिक मानिएको स्पेसएक्सको पहिलो ‘स्पेसवाक मिशन’ पोलारिस ड:न?

Technology Khabar १० भाद्र २०८१, सोमबार

के हो ऐतिहासिक मानिएको स्पेसएक्सको पहिलो ‘स्पेसवाक मिशन’ पोलारिस ड:न?
Global IME Bank

काठमाडौं ।

अर्बपति इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले आगामी मंगलबार बिहान (अगस्त २७) एउटा ऐतिहासिक मिसन अर्बिटमा पठाउँदैछ। प्रक्षेपण हुने तालिका अनुसार स्पेसएक्सले चार जना अन्तरिक्षयात्रीलाई क्रू ड्रागन क्याप्सुलमा पाँच दिनको लागि अर्बिटमा पठाउनेछ।

स्पेस डटकमका अनुसार यो टोली अपोलो अन्तरिक्षयानको युगपछि पृथ्वीको अक्षबाट सबैभन्दा टाढा पुग्नेछ र त्यसमा रहेका चारमध्ये दुई जनाले निजी मिशनद्वारा गरिएको पहिलो स्पेसवाक (अन्तरिक्षयात्रा) गर्नेछन्।

पोलारिस डन स्पेसवाकको प्रत्यक्ष प्रसारण स्पेसएक्सको वेबकास्टमार्फत प्रत्यक्ष हेर्न सकिने बताइएको छ।

मिशनको तेस्रो दिन

स्पेसवाक अथवा (extravehicular activity (EVA) अर्थात् अन्तरिक्षयानभन्दा बाहिर गरिने क्रियाकलाप) मिशनको तेस्रो दिन हुनेछ आगामी बिहीबार अगस्त २९ तारिखमा हुने सम्भावना छ। तर र पोलारिस ड:न टोलीले यसबारे यकिन समय घोषणा गरेका छैनन्।

स्पेसवाकमा चारमध्ये दुई सदस्य सहभागी हुनेछन् जसमा कमाण्डर अर्बपति प्रविधि उद्यमी ज्यारेड आइज्याकम्यान र स्पेसएक्सका इन्जिनियर तथा मिशन विशेषज्ञ स्याराह गिलिस रहनेछन्। आइज्याकम्यानले पोलारिस डनलाई वित्तीय सहयोग र संगठन गरेका छन्।

उनीहरुबाहेक अन्य दुई अन्तरिक्षयात्रीहरूमा स्पेसएक्सका अर्का इन्जिनियर तथा मिशन विशेषज्ञ अन्ना मेनन र पाइलट तथा अमेरिकी वायु सेनाका पूर्व लेफ्टिनेन्ट कर्नेल स्कट किड पोटीट रहेका छन्।

मेनन र पोटीटले स्पेसवाक नगरे पनि उनीहरु स्पेसवाक गर्ने विशेष प्रकारको ‘स्पेससुट’ मा सुसज्जित हुने बताइएको छ।  यसको मुख्य कारण क्रू ड्रागनमा एयरलकको सुविधा नहुनु हो। त्यसैले क्याप्सुलको आन्तरिक भाग अन्तरिक्षको खाली वातावरणमा खुला रहुनेछ।

स्पेस डटकमका अनुसार स्पेसवाकको प्रारम्भिक भेन्टिङदेखि क्याप्सुलको पुनः प्रेसराइजेशनसम्मको सम्पूर्ण प्रक्रियामा लगभग दुई घण्टाको समय लाग्नेछ आइज्याकम्यानले अघिल्लो हप्ताको सोमबार (अगस्त १९) आयोजित प्रेस सम्मेलनमा बताए।

वास्तविक स्पेसवाकिङको समय सम्भवतः त्यस समयको तीन भागको एक भाग बराबर हुने बताइएको छ। आइज्याकम्यान र गिलिसले एकपछि अर्को स्पेसवाक गर्नेछन् र प्रत्येकले सम्भवतः १५ देखि २० मिनेट बाहिर बिताउनेछन्।

स्पेसवाकका क्रममा दुवैजना क्रू ड्रागनबाट पूर्ण रूपमा बाहिर निस्कने आइज्याकम्यानले बताए। तर यो स्पेसवाकलाई जून १९६५ मा एड ह्वाइटले  गरेको ऐतिहासिक स्पेसवाक जस्तो केहि विशेष वा नाटकीय हुने अपेक्षा नगर्नु पनि सुझाइएको छ। त्यतिबेला ह्वाइट २३ फिट लामो टेदरमा झुन्डिएको अवस्थामा देखिएका थिए।

“एड ह्वाइटको फोटो ऐतिहासिक छ, बज एल्ड्रिनले हामीलाई सिकाएको स्पेसवाक गर्ने सही तरिका यो होइन,” आइज्याकम्यानले सोमबार भने। उनी गिलिसले स्पेसएक्सले मिशनको लागि तयार पारेका “मोबिलिटी एड्स” सँग सँधै कम्तिमा एक बिन्दुमा सम्पर्क राख्ने लक्ष्य लिने पनि बताए। “हामी केवल तैरिरहेका हुनेछैनौं,” उनले भने।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १० भाद्र २०८१, सोमबार