Technology Khabar ९ भाद्र २०८१, आईतवार
काठमाडौं ।
चिनियाँ ईकमर्स जायन्ट अलिबाबाका सेयरधनीहरुले कम्पनीको हङकङको सेयर बजारमा भएको आफ्नो सूचीकरणलाई प्राथमिक स्तरमा राख्न अनुमति दिएका छन्। कम्पनीले यसबारेमा शुक्रबार जानकारी दिएको हो। यो कदमले चीनको मुख्य भूभागबाट मनग्य लगानी तान्न सकिने कम्पनीको बुझाई छ।
अर्बपति ज्याक माले स्थापना गरेको यो कम्पनीले शुरुमा यो आइडिया २ वर्षअघि चीन र अमेरिकाबीच भूराजनीतिक तनाव चुलिएको समयमा अघि बढाएको थियो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो सूचीमा अपग्रेड भएपछि अलिबाबालाई शेन्जेन तथा शाङ्घाईमा रहेको गैर अमेरिकी मुलुकमा स्थापित सेयर बजारलाई हङकङको सेयर बजारसँग जोड्ने कार्यक्रमको हिस्सा बन्न सघाउ पुर्याउँछ।
पीडीडी होल्डिङ्सलगायतका नयाँ प्रतिस्पर्धीको सामना गर्नुपरेका कारण संस्थाको प्रगति गर्ने सम्भावनाका बारे लामो समयदेखि चिन्तित कम्पनीका लगानीकर्ताले यो निर्णयलाई अनुमोदन गर्ने अपेक्षा गरिएको थियो।
दोहोरो प्राथमिक सूचीकरणमा परिणत गरिनुले नयाँ सेयर तथा कम्पनील कतैबाट उठाउने लगानीमा कुनै फरक नपार्ने कम्पनीले जनाएको छ। हङकङमा सूचीबद्ध कम्पनीको सेयरले शुरुवाती व्यापारमा ०.७ प्रतिशतसम्मको नाफा गर्दै कम्पनीको सेय।लाई ८२.२ हङकङ डलरसम्म पुर्याएको समाचारमा उल्लेख छ।
प्रकाशित: ९ भाद्र २०८१, आईतवार