Technology Khabar ५ भाद्र २०८१, बुधबार
काठमाडौं ।
अर्बपति इलन मस्कको कार कम्पनी टेस्लाले युरोपियन युनियनका देशहरुमा चीनमा बनेका गाडीहरूको निर्यात गर्दा अब कम शुल्क तिर्नुपर्ने भएको छ। मंगलबार ईयुको कार्यकारी निकायले चीनमा बनेका इलेक्ट्रिक गाडीहरूको आयातमा प्रस्तावित उच्च शुल्कलाई पुन: संशोधन गरेपछि यो निर्णय आएको हो।
युरोपियन कमिसनले यो अनुसन्धान चीनले दिएको भनिएका सब्सिडी अर्थात् छुटहरूको परीक्षणका लागि गरेको थियो। यो निर्णयले बेइजिङको विरोधसमेत निम्त्याएको छ। कमिसनका अनुसार यो शुल्क आवश्यक रहेको छ किनकि चीनले दिएको सब्सिडीहरू अन्यायपूर्ण छन् र यिनले प्रतिस्पर्धामा असमानता सिर्जना गरेका छन्।
टेस्लाका लागि ९% नयाँ दर तोकिएको छ जुन जुलाईमा बताइएको २०.८% भन्दा कम हो। केही युरोपेली निर्माताहरूसँगको ज्वाइन्टभेन्चरमा काम गरेका चिनियाँ कम्पनीहरूले कम शुल्क प्राप्त गर्न सक्छन्।
यो शुल्क ईयूको १०% को साधारण कार आयात शुल्कभन्दा बाहिर थपिएको हो। टेस्लाले आफ्नो शुल्कमा पुन:विचार गर्न अनुरोध गरेको थियो भने oसमा कम्पनीले प्राप्त गरेका विशिष्ट सब्सिडीहरूलाई नयाँ दर निर्धारणको आधार बनाउन पनि आग्रह गरिएको थियो।
कमिसनले मंगलबार आफूले अमेरिकी कम्पनीले चिनियाँ सरकारबाट अन्य चिनियाँ ईभी निर्माताहरूले भन्दा कम सब्सिडी पाएको पुष्टि गरेको बताएको छ । उसले अझै पनि चिनियाँ ईभी उत्पादनले व्यापक सब्सिडीहरूबाट फाइदा पाएको ठानेको छ र ३६.३% सम्मको अन्तिम शुल्क प्रस्ताव गरेको छ। यो जुलाईमा तोकिएको ३७.६% को अस्थायी शुल्कभन्दा थोरै कम हो।
यस अन्तर्गत अब युरोपेली उत्पादकहरूसँग ज्वाइन्टभेन्चर गरेका चिनियाँ कम्पनीहरूले पनि कम शुल्कको लाभ लिन सक्ने बताइएको छ ।
प्रकाशित: ५ भाद्र २०८१, बुधबार