एएमडीले ५ अर्ब डलर हाराहारीमा सर्भर निर्माता जेडटी सिस्टम्सको स्वामित्व ग्रहण गर्ने

Technology Khabar ४ भाद्र २०८१, मंगलवार

एएमडीले ५ अर्ब डलर हाराहारीमा सर्भर निर्माता जेडटी सिस्टम्सको स्वामित्व ग्रहण गर्ने
Global IME Bank

काठमाडौं ।

चिप निर्माता कम्पनी एएमडीले सर्भर निर्माता कम्पनी जेडटी सिस्टम्सको स्वामित्व ग्रहण गर्नेर् भएको छ। सोमबार कम्पनीले जेडटी सिस्टम्सको स्वामित्व ग्रहण गर्न ४ अर्ब ९० करोड डलर तिर्ने योजना बनाएको खुलासा गरेका हुन्।

यसको पछाडि आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स चिप तथा हार्डवयरमा अब्बल बन्दै प्रतद्वन्द्वी कम्पनी एनभिडियासँग प्रतिस्पर्धा गर्नु रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

एएमडीले जेडटी सिस्टम्सलाई ७५ प्रतिशत स्वामित्व लिनका लागि केही रकम र केही सेयर दिने योजना बनाएको छ। कम्पनीसँग दोस्रो त्रैमासमा छोटो समयका लागि खर्च गर्न मिल्नेगरी ५ अर्ब ३४ करोड डलर रहेको समाचारमा उल्लेख छ।

एआईका लागि आवश्यक कम्प्युटिङ सिस्टमका लागि प्रविधि कम्पनीहरुले हजारौं चिपहरु एकै समूहमा मिलाएर राख्छन् जसबाट डाटा तान्न चाहिने हर्सपावर प्राप्त गर्नका लागि यस्तो गर्ने जनाइएको छ।

यसरी अनगिन्ति चिपलाई एकै ठाउँमा मिलाएर राख्नुले सर्भर सिस्टम निकै महत्वपूर्ण हुने अर्थ लाग्ने र यसै हिसाबले एएमडीले जेडटी सिस्टम्सको स्वामित्व ग्रहण गर्न लागेको आकलन गरिएको छ।

‘एआई सिस्टम हाम्रो मुख्य प्राथमिकतामध्येको एक हो’, एएमडीका सीईओ लिजा सुले रोयटर्ससँगको अन्तरवार्ताका क्रममा भनिन्।

Sajilo Visa

प्रकाशित: ४ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया