एआई प्रयोग गरेर समाचारमा फेक उद्धरण र कथाहरु सिर्जना गर्ने अमेरिकी पत्रकार पक्राऊ

Technology Khabar ३२ श्रावण २०८१, शुक्रबार

एआई प्रयोग गरेर समाचारमा फेक उद्धरण र कथाहरु सिर्जना गर्ने अमेरिकी पत्रकार पक्राऊ
तस्बिर सौजन्य: एपीन्युज
Global IME Bank

काठमाडौं ।

अमेरिकाको व्योमिङ शहरमा एक पत्रकारलाई एआईको प्रयोग गरेर समाचारमा फेक उद्धरण तथा नयाँ नयाँ कथाहरु थपेको आरोपमा पक्राऊ गरिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीन्यजका अनुसार स्थानीय गभर्नर र अभियोजकका उद्धरणहरू पावेल ट्रिब्युनका रिपोर्टर सीजे बेकरलाई पहिलो पटक अलि फरक लागेको थियो। त्यसपछि, कथाहरूमा भएका केही वाक्यांशहरूले उनलाई लगभग रोबोटिक जस्तो लाग्यो।

तर प्रतिस्पर्धी समाचार संस्थाका एक पत्रकारले आफ्नो कथाहरू लेख्न जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिरहेको पत्ता लगाउने प्रमाण २६  जुनमा प्रकाशित एउटा लेखमा भेटे।

उक्त लेखले स्थानीय परेडको ग्रान्ड मार्शलको रूपमा हास्य कलाकार लारी द केबल गायलाई चयन गरिएको बारेमा थियो। यो लेख पत्रकारितामा आधारभूत मानिने इनभर्टेड पिरामिड संरचनामा लेखिएको थियो।

‘२०२४ कोडी स्टाम्पीड परेडले अमेरिकी स्वतन्त्रताको अविस्मरणीय उत्सवको वाचा गर्छ, जुन हास्यका सबैभन्दा प्रिय पात्रहरूमध्ये एकको नेतृत्वमा हुनेछ,’ कोडी इन्टरप्राइजले रिपोर्ट गरेको छ। ‘यो संरचनाले सबैभन्दा महत्वपूर्ण जानकारीलाई पहिले प्रस्तुत गर्न सुनिश्चित गर्छ, जसले पाठकहरूलाई मुख्य बुँदाहरू चाँडै बुझ्न सजिलो बनाउँछ।’

समाचारका अनुसार १५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका बेकरले यसबारे अनुसन्धान गरेपछि पत्रकारिता क्षेत्रमा नयाँ प्रवेश गरेका ४० वर्षीय आरोन पेल्जारसँग भेटे। त्यस भेटमा भएको कुराकानीमा पोल्जारले आफ्नो कथाहरूमा एआई प्रयोग गरेको स्वीकार गरे र त्यसपछि उनले इन्टरप्राइजबाट राजीनामा दिए।

सन् १८९९ मा स्थापित इन्टरप्राइजका प्रकाशक र सम्पादकले यसबारे क्षमा मागेका छन् र भविष्यमा यस्तो कहिल्यै नहोस् भनेर कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। सोमबार प्रकाशित सम्पादकीयमा इन्टरप्राइज सम्पादक क्रिस बेकनले “एआई प्रतिलिपि र झूटा उद्धरणहरू समात्न असफल भएको” स्वीकार गर्दै “एआईले कहिल्यै नभनेका शब्दहरू कथाहरूमा राख्न परेकोमा” माफी मागेका छन्।

Sajilo Visa

प्रकाशित: ३२ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार