Technology Khabar २९ श्रावण २०८१, मंगलवार
काठमाडौं ।
हालै सामाजिक सञ्जाल एक्सका सीईओ इलन मस्कले गर्न खोजेको डोनाल्ड ट्रम्पसँगको लाइभस्ट्रिमिङमा समस्या देखा परेको छ। यसरी लाइभस्ट्रिमिङ गर्न बनाइएको पूर्वाधारमा समस्या देखिएको यो दोस्रोपटक हो।
अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतीय निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पको समर्थनमा गर्न लागिएको उक्त लाइभस्ट्रिमिङलाई कम्पनीका लागि उच्च तहको कार्यक्रमका रुपमा लिइएको छ।
उक्त लाइभस्ट्रिमिङमा एक्सका मालिक मस्कले ट्रम्पको अन्तरवार्ता लिने अपेक्षा गरिएको थियो। गत सोमबार बेलुका ८ बजे ईटीमा प्रसारण गर्ने योजना गरिएको कार्यक्रम बिचबिचमा काटिएको थियो भने केही प्रयोगकर्ताहरुसम्म यसको सिग्नल नपुगेको अन्तर्राष्ट्रिय समाचार संस्था इन्ग्याजेटले उल्लेख गरेको छ।
मस्कले यसरी बारम्बार लाइभस्ट्रिमिङमा समस्या आउनुको कारण एक्स प्लेटफर्ममा भएको भयानक डीडीओएस अट्याक अर्थात् डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस आक्रमण रहेको आरोप लगाएका छन्।
डीडीओएसको पूरा रुप डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस हो। यसमा आक्रमणकारीले इन्टरनेटमा उपलब्ध कुनै वेबसाइट, सर्भर, वा नेटवर्कलाई धेरै धेरै गलत अनुरोधहरू request पठाएर त्यसलाई काम गर्न असमर्थ बनाउँछ। यसरी धेरै अनुरोध आएपछि सर्भर वा नेटवर्क ओभरलोड हुन्छ, र त्यसले वास्तविक प्रयोगकर्ताहरूका लागि सेवा प्रदान गर्न सक्दैन।
साधारण भाषामा भन्नुपर्दा, यो आक्रमणले कुनै वेब साइट वा सेवा चल्न नसक्ने गरी व्यस्त गराउँछ।
पछि कम्पनीले ८० लाख स्रोताहरुबीच परीक्षण प्रसारण गरे पनि एकदम थोरै व्यक्तिहरुले मात्र उक्त लाइभस्ट्रिमिङ सुन्न सकेका जनाइएको छ।
सोमबार बेलुका ८:३० बजे ईस्टर्न टाइमका कबेला लाइभस्ट्रिम पुन: शुरु भए पनि तुरुन्तै क्रयास भएको अनेबल अर्थात् सुन्न नसकिएको र ट्विटर ब्ल्याकआउटजस्ता समस्या देखिएको भन्दै उक्त प्लेटफर्ममा प्रयोगकर्ताहरुले गुनासो गरिरहेका थिए।
‘लाइभस्ट्रिमिङमा जोडिन पाएकाहरुलाई आधा घण्टासम्म लगातार संगीत सुनाइएको थियो भने थुप्रै समयसम्म कुनै आवाज आएको थिएन।पछि ८ ४० ईटीमा स्ट्रिमिङ शुरु भएको थियो । सयौं गिगाबाइट बराबरका हाम्रा सबै डाटा लाइनहरुलाई दबाइयो,’ मस्कले भने, ‘त्यसमध्ये अधिकांशलाई हामीले ठिक गरिसक्यौै।
डीडीओएस आक्रमणको शिकार भएको दावी गरेका मस्कले कसरी डीडीओएसले कुनै पनि प्लेटफर्मका बाँकी सबै फिचर सामन्य रुपमा चल्न दिई कुनै एउटा फिचरलाई मात्र आक्रमण गर्न सक्छ भन्नेबारे खुलाउन नसकेको इन्ग्याजेटले जनाएको छ।
प्रकाशित: २९ श्रावण २०८१, मंगलवार