सामान डेलिभरीका क्षेत्रमा अघि बढ्दै चीन: कार्गो ड्रोन र एयरट्याक्सी परीक्षणमा तीव्रता

Technology Khabar २९ श्रावण २०८१, मंगलवार

सामान डेलिभरीका क्षेत्रमा अघि बढ्दै चीन: कार्गो ड्रोन र एयरट्याक्सी परीक्षणमा तीव्रता
तस्बिर सौजन्य: रोयटर्स

काठमाडौं ।

चीनका इन्जिनियरहरूले हालै देशकै अहिलेसम्मको ठूलो कार्गो ड्रोनलाई गत हप्ता परीक्षण उडानमा पठाएका छन्।

यसैगरी हेलिकप्टर ट्याक्सीले छिट्टै खुलाइँदै गरेको शाङ्घाईतर्फ जाने १००-किमि (६२-माइल) मार्गमा आकाशमा उडान भरेको छ। यसबाट देशमा विस्तार हुँदै गएको न्यून-उचाइको अर्थतन्त्रका लागि नयाँ उपलब्धिहरू स्थापना भइरहेको समाचार संस्था रोयटर्सले जनाएको छ।

राज्यले आर्थिक सहायता गरेको सिचुआन टेङडेन साइ-टेक इनोभेशन कम्पनीले विकास गरेको र २ मेट्रिक टन भारवहन क्षमता भएको उक्त दुई इन्जिनको कार्गो ड्रोनले आइतबार दक्षिण-पश्चिमी सिचुआन प्रान्तबाट आफ्नो पहिलो उडान भरेको थियो। उक्त उडान लगभग २० मिनेटसम्म चलेको स्थानीय समाचार संस्थाहरुले उल्लेख गरेका छन्।

टेङडेनले बनाएको पखेटाको फैलावट १६.१ मिटर (५२.८ फिट) र उचाइ ४.६ मिटर (१५ फिट) रहेको यो ड्रोन विश्वकै सबैभन्दा लोकप्रिय हल्का  चार सिटे विमान सेस्ना १७२ भन्दा थोरैमात्र ठूलो छ।

विश्वको शीर्ष ड्रोन निर्माण गर्ने राष्ट्रका निर्माताहरूले अझ ठूलो भारवहन क्षमताको परीक्षण गरिरहेका छन्, जबकि यातायात कम्पनीहरूले मानवरहित र मानवसहितको हवाई ट्याक्सी सेवाहरूको योजना बनाइरहेका छन्।

यसैबीच चीनले हवाई क्षेत्र प्रतिबन्धहरू खुकुलो पार्दै र न्यून-उचाइको अर्थतन्त्र विकास गर्न प्रोत्साहनहरू प्रदान गर्दैछ। यसको उड्डयन नियामकले २०३० सम्ममा २ ट्रिलियन युआन (२७९ अर्ब डलर) उद्योगको पूर्वानुमान गरेको छ जुन २०२३ भन्दा चार गुणा बढी हो।

टेङडेनको परीक्षण उडानले जुनमा भएको राज्य-स्वामित्वको एभियसन इन्डस्ट्री कर्प अफ चाइना एभिआईसीले विकास गरेको कार्गो ड्रोनको पहिलो उडानलाई पछ्याएको छ।

रोयटर्सका अनुसार एभिआईसीको एचएच-१०० ले ७ सय किलोग्राम (१,५४३ पाउन्ड) भारवहन क्षमता र ५२० किमिको रेडियससम्म उड्न सक्छ। अर्को वर्ष एभीआईसीले आफ्नो सबैभन्दा ठूलो कार्गो ड्रोन टीपी २००० को परीक्षण गर्ने योजना बनाएको छ जसले २ टनसम्मको भारवहन गर्न सक्दछ र एचएच-१०० भन्दा चार गुणा टाढा उडान भर्न सक्छ।

चीनले पहिले नै ड्रोनद्वारा व्यावसायिक सामान आपूर्ति सुरु गरिसकेको छ। मे महिनामा, डेलिभरी जायन्ट एसएफ एक्सप्रेसको अन्तर्गतको कार्गो ड्रोन कम्पनी फिनिक्स विङ्सले हाइनान टापु प्रान्तबाट दक्षिणी ग्वाङ्डोङमा ताजा फलफूल फेङझाउ-९० ड्रोनहरू प्रयोग गरेर आपूर्ति सुरु गरेको थियो।

यो ड्रोनलाई एसएफ होल्डिङको एएटा इकाईले विकास गरेको बताइएको छ।

चिनियाँ उद्योगका जानकारहरुका अनुसार कार्गो ड्रोनहरूले कम डेलिभरी समय र कम यातायात लागतको प्रत्याभूति दिन सक्छन्। यसबाहेक अत्यधिक विकसित शहरहरूको छत लगायत परम्परागत उड्डयन सुविधाहरू नभएका ठाउँहरूमा पनि आपूर्तिको विस्तार गर्छन्।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २९ श्रावण २०८१, मंगलवार

ताजा समाचार