प्रयोगकर्ताको डाटा अपचलन गरेको आरोपमा अस्ट्रियामा सामाजिक सञ्जाल एक्समाथि मुद्दा

Technology Khabar २९ श्रावण २०८१, मंगलवार

प्रयोगकर्ताको डाटा अपचलन गरेको आरोपमा अस्ट्रियामा सामाजिक सञ्जाल एक्समाथि मुद्दा

काठमाडौं ।

अस्ट्रियाको अभियान समूह एनओवाईबीले सोमबार सामाजिक सञ्जाल एक्समाथि मुद्दा हालेको छ। अर्बपति इलन मस्कको उक्त कम्पनीले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स एआईलाई प्रशिक्षित गर्नका लागि प्रयोगकर्ताको डाटा उनीहरुको स्वीकृतिबिना नै प्रयोग गरेर ईयूको गोपनीयता कानून उल्लङ्घन गरेको उजुरीकर्ताको आरोप छ।

गोपनीयता अभियन्ता म्याक्स श्रेम्सको नेतृत्वमा रहेको उक्त समूहले आइरिश डाटा संरक्षण प्राधिकरण डीपीसी माथि दबाब बढाउनका लागि नौवटा युरोपेली संघका अधिकारीहरूसँग जनरल डाटा प्रोटेक्सन रेगुलेसन जीडीपीआर उजुरीहरू दर्ता गरेको बताएको छ।

धेरैजसो शीर्ष अमेरिकी इन्टरनेट कम्पनीहरूको प्रमुख ईयू नियामकको रूपमा काम गर्ने आयरल्यान्डको डाटा प्रोटेक्सन कमिसनले एक्सलाई आफ्नो एआई प्रणालीको विकास, तालिम, वा परिमार्जनको लागि प्रयोगकर्ताहरूको डाटा प्रशोधनलाई निलम्बन वा प्रतिबन्ध लगाउन आदेश दिन खोजेको समाचारमा जनाइएको छ।

गत हप्ता आयरल्याण्डको एउटाअदालतमा भएको सुनुवाईका क्रममा प्रयोगकर्ताले जबसम्म आफ्नो सहमति फिर्ता लिन सक्ने विकल्प पाउँदैनन् तबसम्म एक्सले आफ्नो एआई प्रणालीहरूको तालिमका लागि ईयूका प्रयोगकर्ताहरूबाट संकलित व्यक्तिगत डाटा प्रयोग नगर्ने प्रतिबद्धता जनाएको थियो।

यद्यपि एनओवाईबीका अनुसार डीपीसीमा भएङ्को उजुरी मुख्य रूपमा निवारण उपायहरू र एक्सको सहकार्यको अभावसँग सम्बन्धित रहेको छ भने यसले डाटा प्रशोधनको वैधतामाथि प्रश्न उठाउँदैन।

‘हामी यो सुनिश्चित गर्न चाहन्छौं कि ट्विटरले ईयू कानुनको पूर्ण रूपमा पालना गर्छ, जसले – न्यूनतम रूपमा – यस मामिलामा प्रयोगकर्ताहरूको सहमति माग्न आवश्यक हुन्छ,’ श्रेम्सले एक विज्ञप्तिमा भने।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २९ श्रावण २०८१, मंगलवार

ताजा समाचार