एक सय वाट चार्जिङको साथ ७५ सय एमएएच स्मार्टफोन ब्याट्री विकास गर्दै शाओमी

Technology Khabar २६ श्रावण २०८१, शनिबार

एक सय वाट चार्जिङको साथ ७५ सय एमएएच स्मार्टफोन ब्याट्री विकास गर्दै शाओमी

काठमाडौं ।

कुनै समय २०० वाट वायर्ड (तारयुक्त) चार्जिङको साथ स्मार्टफोन लन्च गर्ने पहिलो कम्पनी शाओमी थियो तर अब कम्पनीले छिटो चार्जिङ दरहरूको घट्दो लाभलाई पछ्याउनको सट्टा ठूला ब्याट्रीहरू निर्माणका लागि आफ्नो ध्यान केन्द्रित गरिरहेको जनाइएको छ।

चिनियाँ निर्माताले स्मार्टफोनमा अब १२० वाट चार्जिङको साथ ७,००० एमएएच ब्याट्री वा १०० वाट चार्जिङको साथ ७,५०० एमएएच ब्याट्री राख्नेगरी एउटा प्रविधि विकास गरिरहेको डिजिटल च्याट स्टेशनले वेइबो च्यानलमा पोस्ट गरेको छ।

हाल चीनको नान्जिङ साइन्स एन्ड टेक्नोलोजी पार्कमा रहेको आर एन्ड डी सेन्टर (अनुसन्धान तथा विकास केन्द्र) बाट विचाराधीन रहेका सबै कम्बिनेसन (संयोजनहरू) निम्न छन्ःजीएसएमएरिनाका अनुसार धेरै स्मार्टफोन कम्पनीहरू मध्ये शाओमी एक मात्र कम्पनी हो जसले राम्रो ब्याट्री क्षमताको लागि फास्टर रेट (छिटो दरहरू) घटाइ रेहको उल्लेख छ।

अनर, भिभो र वानप्लस (साथै ओप्पो र रियलमी) सिलिकन–कार्बन सेलहरूमा स्विच गर्दैछन् जसले उच्च ऊर्जा घनत्व प्रदान गर्दछ। यद्यपि तिनीहरूले फास्टर चार्जिङ (छिटो चार्ज गर्ने) क्षमता भने प्रदान गरेको नदेखिएको जनाइएको छ।

यसअघि भिभो एक्स फोल्ड३ को ४.७ एमएम पातलो बडीमा ८० वाट चार्जिङको साथ ५,५०० एमएएच ब्याट्री देखा परिसकेको छ भने वानप्लस एस ३ प्रो ले पनि १०० वाट चार्जिङको साथ ६,१०० एमएएच सेल समावेश गरिसकेको छ। यद्यपि शाओमीले सुरुमा उक्त नयाँ ब्याट्री टेक्नोलोजीलाई कुन डिभाइसमा समावेश गर्नेछ भनेर हेर्नको लागि भने पर्खनु पर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २६ श्रावण २०८१, शनिबार

ताजा समाचार