ह्वावे नोभा फ्लिप सार्वजनिक, यस्ता छन् विशेषता

Technology Khabar २३ श्रावण २०८१, बुधबार

ह्वावे नोभा फ्लिप सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं ।

यो वर्षको सुरुवातमा ह्वावेले चीनमा ‘ह्वावे पकेट २’ नामक क्ल्यामशेल फोल्डेबल डिस्प्ले फोनको घोषणा गरेको थियो र यसको प्रारम्भिक मूल्य ७,४९९ युआन (१,०५० अमेरिकी डलर) रहेको थियो। उक्त ब्रान्डले अब ‘ह्वावे नोभा फ्लिप’ नामक आफ्नो पहिलो नोभा–ब्रान्डेड फ्लिप–शैली फोल्डेबल फोन अनावरण गरेको छ।

ह्वावे नोभा फ्लिपको स्पेसिफिकेसन तथा विशेषता
ह्वावे नोभा फ्लिपको मोटाई त्यसमा प्रयोग गरिएका सामग्रीको आधारमा फरक हुने जनाइएको छ। फोल्ड गर्दा प्लेन लेदर भर्सन (सादा छालाको संस्करण) १५.०८ मिमी र ग्लास भर्सन (संस्करण) १५.१२ मिमी तथा अनफोल्ड गर्दा (खोल्दा) क्रमशः ६.८८ मिमी र ६.९ मिमी हुन आउने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्लेन लेदर भेरियन्टको तौल १९५ ग्राम छ भने ग्लास भेरियन्टको तौल १९९ ग्राम रहेको छ। नोभा फ्लिपमा २६९० × ११३६ पिक्सेल रेजोल्युसनसहितको ६.९४ इन्च ओएलईडी एलटीपीओ फोल्डेल स्क्रिन रहेको छ जसले १ हर्जदेखि १२० हर्जसम्मको रिफ्रेस रेटलाई धान्न सक्छ।

डिस्प्लेले १२०० निट्स सम्मको पिक ब्राइटनेस (उच्चतम चमक) प्राप्त गर्न सक्छ र रिड्यूस्ड फ्लिकरको लागि १४४०हर्ज हाई–फ्रिक्वेन्सी पीडब्ल्यूएम डिमिङ पनि रहेको छ। साथै यसमा सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामरा समावेश गरिएको छ।

नोभा फ्लिपको पछाडिको भागमा ६० हर्ज रिफ्रेस रेटसहितको २.१५–इन्च ओएलईडी कभर स्क्रिन समावेश गरिएको छ। वर्गाकार कभर स्क्रिनको साथमा एक डुअल क्यामरा युनिट रहेको छ। उक्त क्यामरा युनिटमा ८–मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्सका साथै १/१.५६–इन्च आरवाईवाईबी सेन्सर र एफ/१.९ एपर्चरसहितको ५०–मेगापिक्सेलको मुख्य क्यामरा समावेश गरिएको छ।

यसबाहेक सुरक्षाको लागि भनेर यस नोभा फ्लिपमा साइड–फेसिङ फिङ्गरप्रिन्ट सेन्सर पनि समावेश गरिएको उल्लेख छ।

नोभा फ्लिप हार्मनी ओएस ४.२ सँग प्रिलोडेड भएर आउने जनाइएको छ। साथै यसमा किरिन ८००० चिपसेट र १२ जीबी र्याम रहने उल्लेख गरिएको छ।

त्यसैगरी यो नयाँ फ्लिप फोन २५६ जीबी, ५१२ जीबी र १ टिबी गरेर तीन ओटा स्टोरेज अप्सनमा आउँछ। यसमा ४ हजार ४०० एमएएच ब्याट्री प्याक रहेको छ जसले ६६ डब्ल्यूफास्ट चार्जिङ समर्थन गर्ने थप उल्लेख गरिएको छ।

ह्वावे नोभा फ्लिपको मूल्य
ह्वावे नोभा फ्लिपको १२जीबी+२५६जीबी मोडेलको लागि ५,२८८ युआन (७४० अमेरिकी डलर), १२जीबी+५१२जीबी मोडेलको लागि ५,६८८ युआन (७९५ अमेरिकी डलर) र १२जीबी+१टिबी मोडेलको लागि ६,४८८ युआन (९१०अमेरिकी डलर) मूल्य निर्धारण गरिएको छ।

साथै नयाँ डिभाइस न्यू ग्रिन (हरियो), स्टारी ब्ल्याक (कालो), जेरो ह्वाइट (सेतो) र साकुरा पिंक (गुलाबी) गरी चार रङ्गहरूमा उपलब्ध हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २३ श्रावण २०८१, बुधबार

ताजा समाचार