एक वर्षमा ५ करोड ५९ लाखको बेस स्टेशन आयात, अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतले कम

Technology Khabar १४ श्रावण २०८१, सोमबार

एक वर्षमा ५ करोड ५९ लाखको बेस स्टेशन आयात, अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतले कम

काठमाडौं ।

गत आर्थिक वर्ष २०८०/८१ नेपालमा जम्मा ५ करोड ५९ लाख ६२ हजार मूल्य बराबरका बेस स्टेशनहरु आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक  आर्थिक वर्ष २०८०/८१ को वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा जम्मा ५ करोड ५९ लाख ६२ हजार मूल्य बराबरको ३६७ ओटा बेस स्टेशनहरु आयात भएको हो।

हाल आयात भएको बेस स्टेशनहरुको मूल्य अघिल्लो वर्षको सोही अवधिको तुलनामा उच्च मात्राले न्यून हो। गत आर्थिक वर्ष २०७९/८० मा देशभित्र १२ करोड २३ लाख ९५ हजार रुपैयाँ बराबरको  बेस स्टेशनहरु आयात भएकाे थियो।

मूल्यका हिसाबले अघिल्लो आवको तुलनामा हेर्दा हो गत आवमा ५४ दशमलव २७ प्रतिशतले बेस स्टेशन आयातमा कमी आएको देखिन्छ।

आयात सङ्ख्याका हिसाबले तुलना गर्ने हो भने त यो प्रतिशतको आँकडा निकै माथि पुग्ने देखिन्छ। अघिल्लो आर्थिक वर्षमा जम्मा १ हजार ३२६ बेस स्टेशन आएकामा गत आर्थिक वर्षमा जम्मा ३६७ ओटा मात्र नेपाल आएको तथ्याङ्क छ।

यसरी नेपाल आएका बेस स्टेशनहरुमध्ये सबैभन्दा बढी चीनबाट आएको देखिन्छ। चीनबाट कुल १७७ थान बेस स्टेशनहरु आएका छन् जसको मूल्य करिब २ करोड ५९ लाख ८० हजार रुपैयाँ रहेको छ।

त्यसपछि भारतबाट आयात भएको बेस स्टेशनहरुको संख्या १५३ रहेको छ र यसको मूल्य १ करोड १६ लाख २२ हजार रुपैयाँ बराबर छ।

यसबीचमा जर्मनीबाट १३ लाख १२ हजार रुपैयाँ बराबरको १५ थान, अस्ट्र्लियाबाट १ करोड ५७ लाख १० हजा। रुपैयाँ बराबरको १२ थान आयात भएको छ ।

यसबाहेक बेस स्टेशनहरु फ्रान्स र अमेरिका बाट १/१ युनिट भित्रिएको छ भने मलेसिया, फ्रान्स, हंगेरी र संयुक्त राज्य अमेरिका बाट पनि नगण्य संख्यामा बेस स्टेशनहरु आयात भएको देखिन्छ।

उक्त संख्यामा भएको आयातबाट सरकारले ९१ लाख ९३ हजार रुपैयाँ राजस्व आम्दानी गरेको तथ्यांकमा उल्लेख छ।

के हो बेस स्टेशन?

बेस स्टेशनका नामले पनि चिनिने बीटीएसको पूरा रुप बेस ट्रान्सिभर स्टेशन हो। दूरसञ्चार क्षेत्रभित्रको मोबाइल सञ्चारमा बीटीएस टावरले तरंगहरु पठाउने र पाउने हिसाबले रेडियो ट्रान्सिभरहरुलाई बोक्ने गर्छन्। यिनै ट्रान्सिभरहरुले हावामा तरंगित रेडियो लिंक प्रोटोकललाई हाम्रा मोबाइलसम्म पुर्याएर मोबाइल मार्फत् हुने कुराकारी सफल हुन मद्दत गर्दछन्।

बीटीएस टावरलाई सामान्य भाषामा मोबाइल टावरका रुपमा चिनिन्छ। हामीले विभिन्न ठाउँमा अग्ला डाँडा वा भवनको छतमा देख्ने अधिकांश टावरहरु बीटीएस टावर नै हुन्।

किन आउँछन् बीटीएस उपकरण?

दूरसञ्चार क्षेत्रमध्येको मोबाइल सञ्चारको मुख्य मेरुदण्ड भनेको एक ठाउँबाट पठाइएको सन्देशलाई अर्को ठाउँमा रहेको मोबाइलसम्म पुर्याउने उकपकरण नै हुन्। यिनै उपकरणलाई अड्याउनका लागि निर्माण गरिने संरचना नै बीटीएस टावर हुन्।

यस हिसाबले नेपालमा पनि दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको र देशभरका अधिकांश ठाउँका मानिसहरुले मोबाइल फोनको प्रयोग गरिरहँदा सेवा प्रदायकहरुले आफ्ना सेवा दुर्गम ठाउँहरुसम्म विस्तार गर्दै जानुपर्ने हुन्छ।

यसरी शहरमा मात्र केन्द्रित नभइ गाउँगाउँसम्म मोबाइल सिग्नल पुर्याउनका लागि मोबाइल सेवा प्रदायकहरुले यस्ता बीटीएस उपकरणहरु विश्वका विभिन्न देशहरुबाट आयात गर्ने गर्दछन्।

त्यसैगरी देशभर फोरजी सेवाको बिस्तारका लागि टेलिकम अपरेटरहरु सशक्त भएर लागिरहेको र साथै नेपाल टेलिकम फाइभजीको परीक्षण सेवा शुरु गर्ने योजनामा रहेकाले बीटीएस टावर लगायत मोबाइल प्रविधिसँग सम्बन्धित थुप्रै प्रकारका उपकरणहरु निरन्तर रुपमा आयात भइरहन सक्छन्।

Sajilo Visa

प्रकाशित: १४ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार