स्टार्टअप कम्पनी विजले किन अस्विकार गर्यो गुगलको २३ अर्ब डलरको प्रस्ताव?

Technology Khabar ९ श्रावण २०८१, बुधबार

स्टार्टअप कम्पनी विजले किन अस्विकार गर्यो गुगलको २३ अर्ब डलरको प्रस्ताव?

काठमाडौं ।

साइबर सुरक्षा स्टार्टअप कम्पनी विजले गुगलले खरिदका लागि  प्रस्ताव गरेको २३ अर्ब डलरको सम्झौता नकारिदिएको छ ।

गुगलको मूल कम्पनी अल्फाबेटले केही दिनअघि उक्त स्टार्टअप कम्पनी किन्न २३ अर्ब डलरको प्रस्ताव गरेको थियो । तर विजले उक्त प्रस्ताव अस्वीकार गरेको हो ।

विजले यो प्रस्ताव स्विकार गरेको भए गुगलको यो सबैभन्दा ठूलो अधिग्रहण हुने थियो। सञ्चार संस्था सीएनबीले पाएको कम्पनीको आन्तरिक मेमोमा विजका सह-संस्थापक असाफ रापापोर्टले कम्पनीले यसको सट्टा आईपीओ जारी गर्नेमा जोड दिएको उल्लेख छ।

‘यति सौहार्द प्रस्ताव अस्विकार गर्न निकै कठिन हुन्छ’, उनले विजका कर्मचारीलाई पठाएको मेमोमा उल्लेख छ। यदि विजले यो प्रस्ताव स्विकार गरेको भए उसले गत मे महिनामा निजी लगानीबाट १ अर्ब डलर उठाएको बेला घोषणा गरे झैं १२ अर्ब मूल्यको ठिक दुई गुणा हुने थियो ।

सीएनबीसीका अनुसार उक्त मेमोमा विजले वार्षिक राजस्व र आईपीओमार्फत् १ अर्ब डलर उठाउनेतर्फ केन्द्रित हुने बुझिएको छ । उक्त रकम बराबरको उद्देश्य कम्पनीले गुगलसँगको कुराकानी अगाडि सार्वजनिक गरेको थियो । तर विज वा अल्फाबेट कसैले पनि यो प्रस्तावका बारे सार्वजनिक धारणा प्रस्तुत गरेका छैनन्।

विजले संस्थागत ग्राहकहरूका लागि क्लाउडमा आधारित सुरक्षा समाधानहरू प्रदान गर्दै आएको छ ।

यो यस्तो आकर्षक सेवा हो जसले गुगललाई प माइक्रोसफ्ट र अमेजनजस्ता प्रविधि उद्योगका अग्रणीहरुसँग प्रतिस्पर्धा गर्न मजबुत अवस्थामा राख्न सक्थ्यो। तर विजको अस्विकृतिका कारण यसो हुन सकेन ।

Sajilo Visa

प्रकाशित: ९ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार