भिभो भी४० प्रो छिट्टै आउने, डाइमेन्सिटी ९२००+ चिपसेट लगायत थुप्रै विशेषता रहने

Technology Khabar ८ श्रावण २०८१, मंगलवार

भिभो भी४० प्रो छिट्टै आउने, डाइमेन्सिटी ९२००+ चिपसेट लगायत थुप्रै विशेषता रहने

काठमाडौं ।

भिभो भी४० प्रो स्मार्टफोन छिट्टै उपलब्ध हुने भएको छ । उक्त फोन हालै विश्वभरका विभिन्न नियामक निकायहरुको सर्टिफिकेशन वेबसाइटमा देखा परेको जीएसएमएरेनाले जनाएको छ।

यसका बारेमा पछिल्लोपटक ब्लुटूथ एसआईजी वेबसाइटबाट आधिकारिक विवरण आएको हो । यो वेबसाइटमा यो डिभाइसलाई भी२३४७ मोडल नम्बरका रुपमा दर्ता गरिएको छ।

यही डिभाइस केही समयअघि गीकबेञ्चमा पनि देखा परेको थियो । गीकबेञ्चमार्फत् नै यसमा रहेको चिपसेट र्याम तथा एण्ड्रोइड भर्जन लगायतबारे जानकारी बाहिरिएको हो ।

गीकबेञ्चमा आएको सीपीयू विवरण अनुसार भिभो भी४० प्रो मा डाइमेन्सिटी ९२००+ चिपसेट रहनेछ । यसमा ३.३५ गिगाहर्जको १ कोर, ३ गीगाहर्जको ३ कोर र २ गीगाहर्जको ४ कोर रहने बताइएको छ। यो संयोजन मिडियाटेकको चिपसेटको जस्तै
रहेको छ।

यसबाहेक फोनमा ६८ जीबी र्याम र एण्ड्रोइड १४ अपरेटिङ सिस्टम रहने छ भने फनटच १४ पनि समावेश हुने सम्भावना छ। जीएसएमएरेनाका अनुसार भी४० प्रो चीनमा उपलब्ध एस१९ प्रो जस्तै हुने अपेक्षा गर्न सकिन्छ किनकि भिभोले आफ्ना एस सिरिजका डिभाइसहरुलाई अन्तरराष्ट्रिय बजारमा भी सिरिजका नामबाट सार्वजनिक गर्दै आएको छ।

यी सबै आकलनहरु सही भएको खण्डमा फोनमा ६.७८ इन्चको एमोलेड डिस्प्ले, पछाडिपट्टि तीन ओटा क्यामरा उल्लेख्य रुपमा पातलो बडी तथा ८० वाटको फास्ट चार्जिङसहितको ५५०० एमएएचको ब्याट्री उपलब्ध हुनेछ।

Sajilo Visa

प्रकाशित: ८ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया