क्राउडस्ट्राइक आउटेजले विश्व हल्लिँदा किन छोएन चीनलाई ?

Technology Khabar ७ श्रावण २०८१, सोमबार

क्राउडस्ट्राइक आउटेजले विश्व हल्लिँदा किन छोएन चीनलाई ?

काठमाडौं ।

गएको शुक्रबार अर्थात् जुलाई २० तारिखका दिन विश्वभरका माइक्रोसफ्ट कम्प्युटर सिस्टममा आएको गडबडीका कारण दूरसञ्चार, बैंक वित्तीय क्षेत्र कर्पोरेट क्षेत्र, विमानस्थल, रेलवे लगायतका सेवाहरु अवरुद्ध भए।

क्राउडस्ट्राइकको फाल्कन नामक एन्टिभाइरस सफ्टवेयरको अपडेटका क्रममा विश्वभरका करिब ८५ लाख विण्डोज डिभाइसहरुमा समस्या देखिएको थियो।

यो समस्याका कारण विश्वभरका माइक्रोसफ्ट डिभाइसहरुमा स्क्रीन नीलो भएको थियो । बीबीसी हिन्दी संस्करणका अनुसार यसबाट विश्वका लगभग डेढ सय देशहरु आक्रान्त हुँदा हाम्रो छिमेकी देश चीनमा भने कुनै प्रकारको तनावको स्थिति आएन । यसको मुख्य कारण के हुन सक्छ?

चीन सूचना प्रविधिका क्षेत्रमा आत्मनिर्भर भई पश्चिमा देशहरुसँग प्रतिस्पर्धा गर्नेतिर लागिरहेकोमा उसले साइबर सुरक्षाका लागि क्राउडस्ट्राइक सफ्टवयर प्रयोग गरेको हुन सक्ने सम्भावना न्यून छ। किनकि चीनमा नगण्य बिजनेस वा सर्भिस समूहले मात्र अमेरिकी कम्पनीबाट सफ्टवेयर किनेर चलाउँछन्।

केही समययता चीन र अमेरिकाबिच प्रविधि किनबेच र प्रयोग सम्बन्धमा शीत युद्ध चलिरहेको अवस्थामा चीनमा साइबर सुरक्षाका लागि अन्य कुनै देश र कम्पनीका सफ्टवेयर प्रयोग भएको हुनसक्ने आकलन गर्न सकिन्छ।

अमेरिका र चीन एक आपसलाई साइबर सुरक्षाका लागि खतरायुक्त मान्दछन्। अमेरिकाका मुख्य कम्पनीहरु चीनबाट पैदा हुनसक्ने तथाकथित साइबर खतरालाई लिएर निकै चिन्तित हुने गरेका छन्।

यसै हिसाबले पनि चीनमा उक्त समस्याको बारेमा शुरुमा केही खबर आए पनि प्रयोगकर्तामा कुनै तनावको स्थिति नदेखिएको बीबीसी हिन्दीमा उल्लेख छ। यसबाट अन्य विदेशी कम्पनीहरु मात्र प्रभावित भएका पाइएको थियो ।

यसबीचमा चिनियाँ सामाजिक सञ्जालमा केही सीमित प्रयोगकर्ताले समस्या भएको गुनासो गरेको र ती प्राय सबैं चीनका मुख्य शहरमा रहेका शेराटन, मेरियट तथा हायातजस्ता अन्तरराष्ट्रिय होटल श्रृंखलाहरुमा चेक इनमा केही समस्या आएको बताइएको थियो।

Sajilo Visa

प्रकाशित: ७ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार